सुनको भाउ ह्वात्तै घट्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।