बीबीसीको सर्वेक्षणमा ब्रिटिस महिला खेलाडी


लन्डन, (एजेन्सी)

ब्रिटेनको एलिट महिलाका अनुसार खेलमा महिलाप्रति सम्मानजनक व्यवहार नभएको पाइएको छ। सोसल मिडियामा उनीहरूले पटक–पटक अभद्र टिप्पणीको सामना गर्नुपरेको छ। ३० प्रतिशत खेलाडीका अनुसार उनीहरू सोसल मिडियामा ट्रोल भएका छन् भने उनीहरू अश्लिल शब्दको शिकार पनि हुनुपरेको छ। यो सबै बीबीसीले महिला खेलाडीप्रति गरेको सर्वेक्षणबाट निकालेको हो।
यो सर्वेक्षण ३९ खेलका १ हजार ६८ खेलाडीबीच गरिएकोमा ५ सय ३७ जनाले यस्तो जवाफ दिएका थिए भने १ सय ६० जना खेलाडीले ट्रोलिङको शिकार नभएको बताएका छन्। यो पछिल्लो सर्वेक्षणको भन्दा तीन गुणा बढी रहेको बीबीसीले जनाएकोछ।
यस्तै, ५३ दशमलव ३ प्रतिशत खेलाडीले गभर्निङ बडीबाट फन्ड नमिलेको बताएका छन् भने ४८ दशमलव ५ प्रतिशतले पुरुष खेलाडी बराबर समर्थन नमिलेको बताएका छन्। तर, ४५ दशमलव ३ प्रतिशत खेलाडीले भने पुरुषसरह सम्मान भएको बताएका छन्। यसैगरी, ८४ प्रतिशतले प्रतिभाअनुसारको तलब नपाएको गुनासो गरेका छन्।
यसैगरी, ८५ प्रतिशत खेलाडीले पुरुषको तुलनामा महिला खेलाडीलाई मिडियाले कभरेज नगरेको आरोप लगाएका छन्। ९३ प्रतिशतले भने५ वर्षमा महिला खेलको ५ कभरेजमा सुधार नभएको बताएका छन्। त्यस्तै, ८६ प्रतिशतले मिडियामा पुरुष–महिला खेलको अलग–अलग कभरेज रिपोर्ट गरेका छन्।