ओरियन कम्पनीको अठार लाख मूल्यबढीको सामान बरामद


न्युज अफ नेपाल,भद्रपुर ।

अबैध रुपमा भारतबाट ल्याउँदै गरेको ओरियन कम्पनीको अठार लाख मूल्यबढीको सामान प्रहरीले बरामद गरेको छ ।मेचीनगर नगरपालिका वडा नं. १५ हेल्दुबारीमा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ओरियन कम्पनीको सामान बरामद गरेको हो ।

अठार लाख उनासी हजार छ सय मूल्य बराबरको ओरियन कम्पनीको सामान र अठसट्ठी हजार तीन सय सत्तरी मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी बरामद गरी मङ्गलबार आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।

त्यस्तै सोमबार कचनकवल गाउँपालिका ६ बनियानी पुलबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ३१ हजार ५ सय मूल्य बराबरको युरिया मल बरामद गरी भद्रपुर भन्सार कार्यालयमा बुझाईएको उहाँले जानकारी दिनुभयो ।