आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना संक्रमित डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।