त्रिविमा तोडफोड गर्ने नेविसंघका ७ कार्यकर्ता पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने नेविसंघका ७ कार्यकर्ता पक्राउ परेका छन् ।

आज बिहान उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा नेविसंघका कार्यकर्ताले तोडफोड गरेका थिए । पक्राउ पर्नेमा सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर रहेको प्रहरीले जनाएको छ । विश्वविद्यालयमा अनियमितता हुँदै आएको र आफ्ना माग समेत पूरा नभएको बताउदै उनीहरुले तोडफोड सुरु गरेका थिए । उनीहरुले परीक्षाको विकल्प समेत नदिएको बताएका थिए ।