रिहा लगत्तै विप्लव माओवादीकी नेतृ धामी पुनः पक्राउ, डडेल्धुरा ल्याइदै

0
Shares

राम धामी, डडेल्धुरा ।

जिल्ला अदालत कैलालीले सधारण तारेखमा रिहा गरेकी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघ (क्रान्तीकारी) की सेती महाकाली राज्य समिति इन्चार्ज पुर्णिमा धामीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनसँगै गत असार ३१ गते कैलालीमा पक्राउ गरिएकी धामीलाई सोमबार जिल्ला अदालत कैलालीका न्यायाधीस जयानन्द पनेरुको एकल इजलासले साधारण तारेखमा रिहागर्ने आदेश दिएको थियो । मंगलबार पुनः कैलालीबाट प्रहरीले पक्राउ गरेर डडेल्धुरा ल्याउन थालेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पुगाई सकेपछि उनको बारेमा थप जानकारी दिन सकिने प्रहरीले जनाएको छ । धामी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज पुनकी श्रीमती हुन । जिल्ला अदालत कैलालीले धामीका श्रीमान पुनलाई भने ५० हजार धरौटीमा रिहागर्ने आदेश दिएको थियो । ५० हजार रुपैया धरौटी बुझाएर पनि लगत्तै प्रहरीले पक्राउ गर्ने आशंका भएकाले धरौटी नतिरिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति डडेल्धुराका सेक्रेटरी टिका राना ‘विजय’ले बताए । उनले न्यायालयबाट सधारण तारेखमा रिहा गरिएकी नेतृ धामीलाई झुटा मुद्दा लगाएर यातनना दिने नियतले प्रहरीले पुनः पक्राउ गरेको गुनासो गरे ।

धरौटी तिर्न नसकेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज पुनलाई भने कैलाली कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीमा आफन्त भेटन गएका दुबैजनालाई प्रहरीले एकथान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।