कांग्रेसद्वारा आन्दोलनरत विद्यार्थीको माग पूरा गर्न सरकारलाई आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीसँग अविलम्ब संवाद गरी उनीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।

पछिल्लो समय त्रिविमा भइरहेको अनियमितता तथा राजनीतिकरण र पोखरा विश्वविद्यालयमा अनसनरत विद्यार्थीप्रती सरकारको लापरवाहीलाई कांग्रेसले गम्धीरतापूर्वक लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै शर्माले त्रिविमा हुने नियुक्ति जेष्ठता र वरिष्ठताका आधार नभएको हुँदा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलो बनेको बताएका छन् ।