टाउकोविनाको शव पहिचान

0
Shares

काठमाडौं, (नेस)
गोंगबुको गणेशस्थान नजिकै टाउको र हात नभएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ । ती मृतक दाङका कृष्णबहादुर बोहोराको रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

शवको पहिचान भएकाले अब अनुसन्धान तीव्र रुपमा अगाडि बढ्ने जानकारी उहाँले दिनुभयो । प्रहरीले शवलाई सार्वजनिक गरेपछि बोहोराको शव भएको जानकारी आएको प्रहरीले जानकारी दिएको छ ।

उनी नयाँ बजारमा रहेको एक उद्योगमा काम गर्ने कामदार भएको पनि उहाँले जानकारी दिनुभयो । प्रहरीले बोहोरालाई कहाँ हत्या गरेर त्यहाँ ल्याई शव फालेको हो भन्ने विषयमा अनुसन्धान शुरु गरेको र उनी काम गर्ने उद्योगमा कार्यरत केही शंकास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको जानकारी दिएको छ ।

आइतबार बिहान प्रहरीले सुटकेसमा हालेर शव फ्याँकेको अवस्थामा उक्त शव फेला पारेको थियो । प्रहरीले टाउको र हात भने फरक ठाउँबाट बरामद गरेको थियो ।