न्युज अफ नेपाल, काठमाडौँ ।
आइतबार विभत्स रुपमा भेटिएको शवको पहिचान खुलेको छ ।
टोखानगरपालिका–१० गोगबुमा भेटिएको टुक्रा टुक्रा शव दाङका कृष्णबहादुर बोहोराको भएको प्रहरीले जनाएको छ । उनी काठमाडौंको सोह्रखुट्टेस्थित एक उद्योगमा काम गर्दै आएको खुलेको छ ।
हात, खुुट्टा र टाउको काटिएको अवस्थामा उनको शव सुट्केस भित्र भेटिएको थियो । त्यसपछि प्रहरीले कुकुर लगाएर खोजतलास गर्दा उनको अन्य अंग समेत फेला परेको थियो । शव बरामद भएपनि पहिचान खुल्न नसकेपछि प्रहरीले बोहोराको तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरेसँगै उनको पहिचान खुलेको हो ।
प्रतिक्रिया