जनप्रतिनिधिको सेवा सुविधा श्रेणी विहीन, कर्मचारीको नाममा रकम निकासा

0
Shares

सञ्जय कार्की, रौतहट ।

श्रेणि बिहीन कर्मचारीको नाममा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिहरुले सेबा सुबिधा बापतको रकम निकासा गराएको खुलेको छ ।

गत आर्थीक बर्षको कार्तिक देखि असाढ मसान्त सम्म जनप्रतिनिधिको सेबा सुबिधा बापतको रकम भन्दै श्रेणि बिहीन कर्मचारी अजय चौधरीको नाममा ३० लाख ६९ हजार र यमप्रसाद सापकोटाको नाममा ३१ लाख ४५ हजार ७ सय २५ रुपैया निकासा गराएको पाइएको छ ।

श्रेणी बिहीन कर्मचारीको नाममा रकम निकासा गराएर चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिहरुले आफनो पदिय तह अनुसारको सेबा सुबिधा बापतको रकम बुझेको जनाइएको छ । कोरोना भाईरसको संक्रमण बढे पछि नगरपालिकाका सबै कर्मचारीले जोखिम भता बुझेका छन । चार महिनाको अबिधमा घर बसेका कर्मचारीले समेत जोखिम भताको नाममा रकम लिएको कर्मचारी स्रोतले जनाएको छ । सोही जोखिम भता समेत श्रेणी बिहीन कर्मचारी दामोदर काफ्लेको नाममा २२ लाख १२ हजार १ सय २४ निकासा गरेर लिएको खुल्न आएको छ ।

काफ्ले नगरपालिकाको सुपरभाईजर हुन । सापकोटा भने माली र चौधरी स्वच्छाकर्मी हुन । ती तीनै जना निम्नस्तरका अस्थायी कर्मचारी हुन । चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देलले असाढ महिनाको अन्तिम दिन भएकाले कर्मचारीको नाममा रकम निकासा लिएर जनप्रतिनिधिहरु लाई बितरण गरेको बताउनु भयो । उता चन्द्रपुर नगरपालिकाको छैठो नगरसभा गएको शुक्रबार असाढ ९ २३ ० गते सम्पन्न भएको छ तर कोरोना भाईरस नियन्त्रणमा खटेको भन्दै ५३ जना जनप्रतिनिधिहरु र सदस्य सचिब ९ प्रमुख प्रशासकिय अधिकृत ० सहित ५४ जनाले करकट्टि गरेर ६ हजार ३ सय २५ रुपैया जोखिम भता र बाटो खर्च भनेर ६ सय ७५ गरी ७ हजार बुझेका छन । आर्थीक बर्ष प्रारम्भ रहेको र खाता संचालनमा आईनसकेको हुनाले सो रकम ब्यक्ति संग नगरपालिकाले सापटी लिएर जनप्रतिनिधि र कर्मचारी लाई रकम बितरण गरिएको जनाइएको छ ।

चन्द्रपुर नगरपालिकाको वडानम्बर ९ स्थित नजरपुरमा रहेको नीजानन्दधाममा सभाको उदघाटन र समापन गरी दुई दिन भएको हो तर जनप्रतिनिधिहरु लाई बाटो खर्च भनेर ६ सय ७५ रुपैया दिइएको छ । नगरसभा लाई सम्पन्न बनाउन जनप्रतिनिधिहरु लाई जोखिमको नाममा भता र बाटो खर्च दिइएको स्थानीयको भनाई रहेको छ । सो नगरसभा सम्पन्न भएको खुशियालीमा चन्द्रपुर नगरपालिकाको ३८ जना कर्मचारी लाई एक हजार भता र प्रत्येक कर्मचारी लाई ब्याग बितरण गरिएको छ ।