न्युज अफ नेपाल, दाङ ।
आंशिक प्राध्यापक संघले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा लगाएको ताला प्रहरीले तोडेको छ ।
लामो समयदेखि आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकहरुले सोमवार प्रशासनिक भवनमा ताला लगाएका थिए । सोही समयमा पुगेको प्रहरीले ताला हटाएको थियो । आइतवार आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल र नेम प्लेट जलाउनुका साथै विद्युतीय हाजीरी मेशिन फूटाएका थिए । सोमवार पनि कुनै अप्रिय घटना नहोस् भनेर सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले आन्दोलनरत आंशिक प्राध्यापकमाथि बल प्रयोग गर्ने तयारी गरे पनि क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालय स्वायत्त निकाय भएकाले क्याम्पसमा आउने समस्या त्रिविले नै समाधान गर्ने बताएपछि प्रहरी फर्केका थिए । क्याम्पसभित्र प्रहरी प्रवेश गरेको भन्दै आंशिक प्राध्यापकहरुले भने बिरोध गरेका छन् ।











प्रतिक्रिया