जिल्ला अस्पताल खोटाङमा थप सात वटा नयाँ स्वास्थ्य सेवा सुरु


रमधन राई, खोटाङ ।

जिल्ला अस्पताल खोटाङले नियमित बाहेक सात वटा नयाँ स्वास्थ्य सेवा सुरु गरेको छ ।

अस्पतालले मुटुको शल्यक्रिया गरे पश्चात मुटुको अवस्था एबं रगतको अवस्था जाँच गर्नका लागि जिल्ला बाहिर जानुपर्ने वाध्यता अन्त्यका लागि पिटिआईएनआर जाँच सेवा लगायतका सेवा सुरु गरेको हो ।

यस्तै, थाइराईडका लागि इम्यूनोयसी एनालाइजर व्यवस्था गरेर टिएफटि जाँच सेवा सुरु गरिएको छ छ । अस्पतालमा डिजिटल एक्स–रे सुविधालाई पनि सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले सुनाउनुभयो ।

हाल १५ शैयाको अस्पताललाई चालु आर्थिक वर्ष ५० बेडमा स्तरोन्नती गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष राईको भनाई छ ।