लायन्स क्लब सैलुङ हाइटद्वारा रक्तदान कार्यक्रमको आयोजना


न्युज अफ नेपाल, ललितपुर ।

लायन्स क्लब अफ सैलुङ हाइट ३२५ बीटु ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स क्लब अन्तर्गत ८ वटा कलबले आयोजना गरेको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए ।

उपत्यकामा रगतको अभाव हुन थालेपछि क्लबले रक्तदान कार्यक्र आयोजना गरेको सैलुङ हाइटका अध्यक्ष महिमा लामाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी वालकुमारीको स्वाथ्यकर्मीको टोलीले परीक्षण गरेर रगत संकलन गरेका थिए ।

ललितपुर महानगरपालिका वडा–१८मगरगाउँ स्थित व्याडमिन्टन कोर्टमा आयोजना भएको कार्यक्रममा नेकपा ललितपुरका सदस्य दामोदर खड्का र लायन्स क्लब सैलुङका सल्लाहकार आरएस महत, लायन्स क्लब शैलुले रक्तदातालाई प्रमाणपत्र दिनुभएको थियो ।

कार्यक्रममा श्री वालकुमारी सिर्जना क्लब र श्रीलालीगुँरास क्लबको सहयोगमा गरेका थिए । दुवै क्लबका पदाधिकारीले रक्तदान गर्नुभएको थियो ।

 

कार्यक्रमको अध्यक्ष लामाले समाजसेवाप्रति समर्पित लायन्स क्लबले सामाजिक उत्तरदायीत्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरीएको थियो ।

कार्यक्रममा वालकुमारी सिर्जना क्लबका अध्यक्ष सालिकराम कुँबरले रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।
प्रमुख अथिति खड्काले रगतको अभाव भैरहेको समयमा रक्तदान कार्यक्रम आयोजना गरेर क्लबले समाजिक उत्तरदायीत्व पुरा गरेको बताउनुभयो ।