उपत्यकामा थप कडाई हुने

उपत्यका मेयर फोरमको नयाँ योजना सार्वजनिक हुँदै

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

उपत्यकाको मेयर फोरमको बैठकले उपत्यकामा थप कडाई गर्ने प्रस्ताव तयार गर्ने भएको छ । अहिले २ बजेदेखि राजधानीमा बस्ने बैठकले कोरोना संत्र,मण बढ्न नदिन थप कडाई गर्ने तयारी गरेको छ ।

बैठकमा दुई महानगरपालिका सहित एक दर्जन नगरपालिकाको बैठक बस्ने भएको छ । हिजो बसेको बैठकले उपत्यकाको नाकामा कडाई गर्ने, सार्वजनिक सवारी सञ्चालनमा रोह लगाउने स्थानीत तहको संयोजनमा नाकामा कडाई गर्न स्वयंसेवा परिचालन गर्ने , क्वारेन्टिन निर्माण गर्न संघीय सरकारलाई सहयोग गर्ने लगायतका निर्णय गर्ने भएको छ ।

बैठकमा भेला, बैठक , कोणसभा र विरोध प्रदर्शन लगायत भीडभाड हुने कार्यक्रमलाई पुर्ण रुपमा प्रतिबन्ध लगाउनेसम्मको निर्णय गर्ने तयारी गरेको छ । काठमाडौका मेयर विद्यासुन्दर शाक्यले बैठक लगत्तै पत्रकार सम्मेलन गरी अबको रणनीति र फोरमले गरेको निर्णयको बारेमा जानकारी दिने बताउनुभयो ।

फोरमले गरेको निर्णय कोभिड–१९ व्यवस्थापन समिति (सिसिएमसि)लाई सिफारिस गर्ने भएको छ । सरकारले कोरोना संक्रमण बढेमा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा स्थानीय तहलाई सिल गर्न सक्ने सम्मको अधिकार दिएपछि फोरमको बैठकले सोही अनुसार नया योजना तयगर्न लागिएको हो ।

पछल्लो समय कोरोनाको हट स्पट बन्ने खतरा भएपछि मेयर फोरमले उपत्यकालाई थप कडाई गर्न लागेको हो । हाल उपत्यकामा करिब १ हजार ३ सय संक्रमित छन् ।