बक्सिङ संघको स्वागत


काठमाडौं, (नेस)
नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त पदाधिकारी र सदस्यहरूको सम्मानमा आइतबार स्वागत तथा बधाई कार्यक्रम आयोजना ग¥यो।
उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकालको पँर्ण सफलताका लागि शुभकामना दिएका छन्।
उपाध्यक्ष कोइरालाले आवश्यकताका आधारमा राष्ट्रिय खेल संघको अस्तित्व स्वीकार गर्न जरुरी भएको बताउँदै संघहरूको वर्गाीकरण गर्न आवश्यक रहेको बताएका छन्। कार्यक्रममा बक्सिङका ओम्पियनत्रय रविराज थापा, उमेश मास्के र नरेन्द्र पुमा, राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, बक्सिङकै एसियाड पदक विजेता दीपक महर्जनलगायतको उपस्थिति थियो।