आगालगिमा एघारको ज्यान गयो


प्राग,(एजेन्सी)
चेक गणतन्त्रका प्रहरीले तीनजना बालबालिका लगायत आगलागिको कारण एघार व्यक्तिको ज्यान गएको दुर्घटनामा माथि अनुसन्धान गरिरहेका छन् । उत्तर पुर्वी बोहुमिन शहर स्थित एउटा फ्याटको एउटा ब्ल्कमा शनिवार भएके सो आगलागिलाई मुलुकको इतिहासकै सबैभन्दा भयावह आगलागिको रुपमा लिइएको छ ।

आगोले डढेर छ जनाको मृतयु भएका तथा अन्य पाँचजनाको ज्यान जोगाउने प्र्रयास स्वरुप एघारौं तल्लाको वार्दलीबाट हाम फाल्दा अकालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस घटनामा एकजना प्रहरी अधिकृत र दुईजना अग्निनियन्त्रक लगायत अन्य दसजना घाइते भएका छन् । चेकोस्लाभाकियार पोल्यान्डको सिमानमा रहेको बोहुमिन शहर राजधानी प्राग देखि करिव ३ सय किमि पुर्वमा पर्दछ ।

मोराभिया –सिलेसिया क्षेत्रका गवर्नर इभो भोन्द«ाकका अनुसार नियतवश नै कसैले आगो लगाएको हुनपर्ने पत्रकारहरुलाई जानकारी दिएका छन् । प्रहरीले गवर्नरको भनाई माथि कुनै पनि टिप्पणी गर्न अस्विकार गरेका छन् ।

तर प्रहरीले घटनाको सम्बन्धमा एक व्यक्तिलाई पक्राउ गरिएको बताएका छन् । आन्तरिक मामिला मन्त्री जान हामासेकले छिमेकीहरुबिचको लामो समय देखिको विवादको दुखद परिणाम निस्केको चेक रेडियोलाई बताएका छन् ।