एट्लेटिको मेड्रिडका दुई जनामा कोरोना


एजेन्सी ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि तयारीमा रहेको एट्लेटिको मेड्रिडले क्लबका दुई जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत जर्मन क्लब आरबी लेइप्जिग बिरुद्ध क्वार्टरफाइनल खेल्न एट्लेटिको सोमबार पोर्चुगलको लिस्बन जानु अगाडी भएको कोरोना परिक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।

तर, क्लबले अहिले कोरोना देखिएका दुई जनाको नाम भने सार्वजनिक गरेको छैन । कोरोना देखिएको ब्यक्तिलाई तत्काल क्वारेन्टिनमा राखिएको छ । ती दुवै जनाको सम्पर्कमा आउनेहरूबाट संक्रमित संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

अब संक्रमितहरूलाई छोडि अन्य सबैको सोमबार पुनः परिक्षण गरेर मात्र लिस्बन यात्रा हुनेछ । खेल तालिका अनुसार एट्लेटिको मेड्रिड र आरबी लेइप्जिगबीच बिहिबार खेल हुनेछ ।