बोक्सी भन्दै कुटपिट गर्ने पक्राउ


न्युज अफ नेपाल,पाल्पा ।

पूर्वी पाल्पाको रामपुर नगरपालिकामा झारफुकको वहानामा कुटपिट गरी घाइते वनाएको आरोपमा दुइ जना पक्राउ परेका छन । रामपुर नगरपालिका–८, सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा अमानवीय व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नवलपुर जिल्ला देवचुली नगरपालिका ४ का ७६ वर्षिय वुद्धि पुडासैनी र सोही स्थानका ३७ वर्षिया नलमाया कुमाल छन ।उनीहरुले झारफक गर्ने क्रममा वोक्सीको आरोप लगाएर स्थानीय वलवहादुर कुमाल र एक किशोरीलाई कुटपिट गरेको वताइएको छ ।

आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनु भयो । कुटपिटबाट घाइते दुई जनाको अहिले उपचार भईरहेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।