काभ्रेमा कोरोना संक्रमित क्षेत्र सिल,आईसोलेन बेड थप्ने तयारी

सेवाका लागि बार छुट्टयाईयो


मोतीराम तिमल्सिना,काभ्रे ।

कोभिड–१९ रोकथामतथा नियन्त्रणका लागि जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्र काभ्रेले कोरोना संक्रमण देखिएका ब्यक्तिहरु रहेको क्षेत्र शिल गर्ने निर्णय गरेको छ । संघिय प्रहरी इकाई कार्यालय जनागालमा ७ जना प्रहरीमा कोरोना देखिए पछि शिल गरिएको हो ।

संघिय प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरु हरेक दिन घर आउने जाने भएकाले समुदाय स्तरमा कोरोना फैलन सक्ने भएकाले शिल गरिएको बताईएको छ । कार्यालय भित्र सबै प्रहरी कर्मचारीहरुका लागि क्वारेन्टाईनको ब्यवस्थापन गरिएको एसएसपी उमेशराज जोशीले बताउनु भयो ।

सक्रमण देखिएसँग घर आउन रोक लगाईएको जोशीले बताउनु भयो । हालसम्म प्रहरी कार्यालयमा कार्यरत ४४ प्रहरीहरुको स्वाव संकलन गरि परिक्षण गरे पनि २१ जनाको मात्रै रिपोर्ट प्राप्त भएको छ । उक्त कार्यालयमा कार्यरत प्रहरी त्यस्तै बनेपा नगरपालिका वडा नम्वर ७ स्थित गोदामचोकमा कपडा पसल गरी बस्ने सर्लाहि जिल्ल्ला घर भएका परिवारका १२ बर्षिय सन्तानमा कोरोना पुष्टी भए सँगै बडा अध्यक्ष वर्ण शाक्यले उक्त क्षेत्रको गोदामचोक देखि धनेश्वर पुलसम्म सिल गर्ने निर्णय गर्नु भएको छ ।

जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा सञ्चालित क्वारेन्टिनहरुमा भारत तथा तेश्रो मुलुकबाट आएका नेपाली नागरिकहरुलाई जनस्वास्थ मापदण्ड बमोजिम १४ दिनसम्म राखी पिसिआर परिक्षणको नजिता आए पश्चात मात्र आप्mनो घर जाने अनुमती दिइने गरिएकोमा क्वारेन्टिनमा बस्दा सहज रुपमा समय व्यतित गर्न आवश्यक न्यूनतम सुबिधाहरु इन्टरनेट/टेलिभिजनको व्यवस्था मिलाउन सबै पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण नेपालमा पनि तिव्र रुपमा बढिरहेका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयमा समेत सेवाग्राहीहरुको भिडभाड दिनानुदिन बढ्दै गइरहेको हुँदा संक्रमणको जोखिम बढ्न सक्ने देखिएकोले सो बाट बच्नका लागि जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक, मालपोत कार्यालय, काभ्रेपलाञ्चोक र नापी कार्यालय काभ्रेपलाञ्चोकबाट दैनिक रुपमा प्रवाह हुने सेवाप्रवाहलाई २०७७ साल श्रावण २७ गते मंगलबारबाट अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाका नागरिकहरुका लागि आईतबार, मंगलबार र विहिबार सेवा दिने निर्णय गरेको छ भने बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाका नागरिकहरुका लागि सोमबार, बुधबार र शुक्रबार सेवा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका नागरिकहरुका लागि ६ दिन नै सेवा दिने निर्णय गरेको छ । बैठकले जिल्ला स्थित सबै नगरपालिकाहरुमा न्यूनतम १० दश वेडको आइसोलेशन भाद्र १ गते भित्र अनिवार्य रुपमा निर्माण गरिसक्न अनुरोध गरेको छ ।

त्यसैगरी धुलिखेल नगरपालिका स्थित धुलिखेलमा रहेको कोभिड लेभल ३ को धुलिखेल अस्पतालले ५० वेडको आइसोलेशन निर्माण गर्ने र बनेपा नगरपालिका रहेको शिर मेमोरियल अस्पतालले २० वेडको आइसोलेशन निर्माण गरी सोको जानकारी उपलिब्ध गराउन निर्देशन दिएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएकाल २५ जना भन्दा बढी कुनै पनि कार्यक्रममा भेला, जम्मा तथा सभा समारोह गर्न नदिने गरेको निर्णयलाई थप कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।