कोरोना संक्रमणबाट पर्सामा मात्रै १८ जनाको मृत्यु

0
Shares

कृष्णउदास खनाल,वीरगन्ज ।

पर्साको वीरगन्जमा शनिबार उपचार क्रममा मृत्यु भएकी वीरगन्ज २ छपकैयाकी २० वर्षीय युवतीसहित पर्सामा ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो रिपोर्टअनुसार थपिएका ७५ जनामा वीरगन्ज महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुखसमेत छन्।

उनीसहित भारतीय महावाणिज्य दूतावास वीरगन्जका १, बाराका ३, सर्लाहीका १ र पर्साका ७० जना रहेका नारायणी अस्पतालले जनाएको छ। जिल्लाका विभिन्न ठाउँबाट संकलन गरिएको थ्रोट स्वाब नमुना परीक्षण गर्दा ७५ जनाकै रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन कुमार उपाध्याय बताउनुभयो ।

थपिएका नयाँ संक्रमितमा १५ महिलासहित ६० पुरुष रहेका उनको भनाइ छ। संक्रमितहरु १२ देखि ६८ वर्ष उमेर समूहका रहेका नारायणी अस्पतालले जनाएको छ। संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी र एक जना प्रहरीकै कन्ट्याक्ट ट्रेसिङमा परेकी १५ वर्षीय किशोरी पनि रहेको जनाइएको छ।

कन्ट्याक्ट ट्रेसिङ र मास ट्रेसिङ तथा स्वेच्छाले आफ्नो टेस्ट गराएका मध्ये रहेका मेसु डा उपाध्यायले बताउनुभयो । संक्रमितमध्ये केहीमा लक्षण पनि देखिएको उहाँले जानकारी दिनुभयो । पर्सामा कुल १ हजार ११ संक्रमित आइतबार थपिएका नयाँ संक्रमितसहित पर्सामा मात्र अहिले सम्म १ हजार ११ संक्रमित संख्या पुगेको छ।

आइतबार थपिएका नयाँ संक्रमित भने स्वास्थ्य मन्त्रलायले पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ। मृत्यु हुनेको संख्या पर्सामा मात्र १८, प्रदेशभरि २७ कोरोनाका कारण पर्सामा मात्र अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्।

यो संख्या पनि गएको साउन ६ गतेसम्म जम्मा एक मात्र थियो। अर्थात १९ दिनयता प्रदेश २ मा १७ जनाको संक्रमणका कारण गइसकेको छ। जसमा एक व्यक्तिको भने पहिचान खुल्न सकेको थिएन। १४ स्थानीय तह रहेको पर्सामा मृतकमध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकाका रहेका नारायणी अस्पतालले जनाएको छ। मृतकको सख्या प्रदेश २ भरमा यो समाचार तयार पार्दा सम्म २७ पुगेको छ।

पर्सामा वीरगन्ज महानगरपालिका सहित स्थानीय गाउँपाकिलाका अधिकांश जनप्रतिनिधिहरु कोरोना संक्रमित भएका छन् । महानगरपालिकाका मेयर बिजय सरावगीको परिवारनै कोरोनाबाट संक्रमित भएको छ भने जिल्लाको बहुदरमाइ नगरपालिकाका मेयर पनि संक्रमित छन् ।

नेपाली काँग्रेसका नेताहरु अजय द्विवेदी,अजय चौरसिया सहित संघीय सांसद प्रदीप यादव र नेकपा नेता अरबिन्द्र सिंह पनि संक्रमित भएका छन् । आइतबार संक्रमण पुष्टी भएकी युवतीको शनिबार वीररगन्जमा उपचार अभावका कारण ज्यान गएको थियो । पर्सामा पछिल्लो प्रन्ध दिनमा कोरोनाले माहामारीको रुप लिएकोमा उपचार अभावकै कारण पाँचजनाको ज्यान गएको हो ।

यसैबीच गम्भीर बिरामी एकजना युवतीलाई निजी अस्पतालले उपचार गर्न नमान्दा ज्यान गएपछि उनका आफन्तहरुले वीरगञ्जस्थित नारायणी अस्पतालमा तोडफोड गरेका छन्। सरकारले केही दिनअघि मात्रै यो अस्पताललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेपछि सर्वसाधरणको आक्रोश चुलिएको थियो।

अन्य रोगका बिरामीको निजीले उपचार गर्न नमानेको अवस्थामा नारायणी अस्पताललाई जनरल अस्पताल कायमै गर्नुपर्ने माग उठ्दै आएको छ। वीरगञ्जमा सञ्चालित नेशनल मेडिकल कलेजसहित कुनै अस्पतालले पनि ज्वरो आएकासहित कुनै पनि बिरामीको उपचार गर्न नमानेपछि सर्वसाधारणले नारायणी अस्पताललाई जनरलमा परिणत गर्नुपर्ने बताउँदै आएका छन्।

यस्तोमा नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा वीरगन्ज २ छपकैया बस्ने २० वर्षीया युवतीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै तनाव बढेको हो। उनलाई वीरगञ्जका कुनै पनि निजी अस्पतालले उपचार गर्न अस्वीकार गरेका थिए।