सिटी र लियोन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


लन्डन, (एजेन्सी)
कोरोना भाइरसका कारण स्थगित भएको यूएफा च्याम्पियन्स लिग करिब ५ महिनापछि शुरू भएको खेलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ।
शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले स्पेनी ला लिगा विजेता रियल मेड्रिडलाई २–१ ले हरायो। यो जितसँगै दुवै लिगमा गरी ४–२ को अग्रता लिएर इंग्लिस प्रिमियर लिग टोली क्वाटरफाइनल पुगेको हो। अर्को खेलमा इटाली सिरी ए विजेता युभेन्ट्सले पे्रmन्च टोली लियोनलाई २–१ ले हराएपछि लियोन नै अन्तिम आठमा पुग्न सफल भएको हो। समग्रमा २–२ बराबरी भएपछि अवे गोलको लाभले लियोनले बाजी मारेको हो। अब पेप गार्डियोलाको टोली सिटीले लिस्बनमा लियोनसँग अन्तिम आठको खेलमा प्रतिस्पर्धा गर्नेछ।
सिटीका लागि पहिलो गोल रहिम स्टरलिंगले गरेका थिए। उनले नवौं मिनेटमा गेब्रियल जिससको पासमा गोल गरेका थिए। रहिमको यो क्लबका लागि एक सयौं गोल थियो। तर, करिम बेन्जेमाले २८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफमा जिससले गोल गरेपछि रियल मेड्रिडको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो।
रोनाल्डोको दुई गोल पर्याप्त भएन
क्रिस्टियानो रोनाल्डोले एक गोलले पछि परेको स्थितिलाई उल्ट्याएर युभेन्ट्सलाई २–१ को जित दिलाएका छन्। तर, यो अर्को चरणसम्म पुग्नका लागि पर्याप्त भएन। गएको फेबु्रअरीमा भएको पहिलो लिगमा लियोन १–० ले जितेको थियो। अघिल्लो रातिको खेलमा पनि लियोनले पहिले अग्रता लिएको थियो। मेम्फिस डिपेले खेलको पाँचौं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
डिपेको गोलले गर्दा युभेन्ट्सले अर्को चरणमा पुग्न ३ गोल गर्नुपर्ने दबाबमा पुगेको थियो। त्यसो त रोनाल्डोले पेनाल्टीमार्फत खेल १–१ बराबरीमा पु¥याए। उनको यो च्याम्पियन्स लिगमा १ सय ३०औं गोलसमेत हो। उनले ६०औं मिनेटमा अर्को गोल थप्दा युभेन्टस्लाई आश भएको थियो। तर, बाँकी आधा घण्टाको समयमा गोल गर्न नसक्दा युभेन्ट्सका लागि प्रतियोगिताको बाहिरी ढोका समात्न कर लागेको थियो।
च्याम्पियन्स लिगमा युभेन्ट्सले उपाधि नजितेको खडेरी अझै समाप्त पार्न सकेको छैन। १९९६ देखि टोलीले उपाधि जित्न सकेको छैन। टोलीको सिरी ए मा पनि प्रदर्शन राम्रो भएको थिएन। कोरोना भाइरसले स्थगित भएको लिग शुरू भएयता युभेन्ट्सले ८ मध्ये २ खेल मात्रै जितेको छ। यद्यपि, यी दुई खेल जित्नु पनि लिग विजेता बन्न पर्याप्त भएको थियो।
उता फ्रान्सका शीर्ष लिग अप्रिलमा रद्द गरिएपछि लियोनको यो दोस्रो खेल हो। लियोनले गत शुक्रबार पे्रmन्च कप फाइनल खेलेको थियो। जसमा टोलीले विजेता पेरिस सेन्ट जमेर्न (पीएसजी) लाई निर्धारित र अतिरिक्त समयसम्म गोलरहित बराबरीमा रोकेको थियो। तर, पेनाल्टी सुटआउटमा लियोनको दुर्भाग्य हुन पुग्यो।
रोनाल्डोको कीर्तिमान
पोर्चुगिज स्टार खेलाडी रोनाल्डोले २ गोल गरेपछि युभेन्ट्सका लागि नयाँ कीर्तिमान रचेका छन्। उनले ८० वर्षे पुरानो कीर्तिमान तोडेका हुन् । उनले टोलीका लागि ३७ गोल गर्दै सन् १९३३–३४ मा फेलिस बोरिलले गरेको ३६ गोलको कीर्तिमानलाई पछि पारेका छन्।
त्यस्तै, च्याम्पियन्स लिगमा रोनाल्डो फरक तीन टोलीबाट एउटै टोलीविरुद्ध गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। उनले इंग्लिस टोली म्यानचेस्टर युनाइटेड, स्पेनी टोली रियल मेड्रिड र इटाली टोली युभेन्ट्सको जर्सी लगाएर एउटै टोली लियोनविरुद्ध गोल गरेका हुन्। उनीभन्दा अघि जोर्ग बटले युभेन्ट्सविरुद्ध र रुड भान निस्टलरोयले बायर्न म्युनिखविरुद्ध गोल गरेका थिए।

रोनाल्डोले युभेन्ट्स छाड्न सक्ने
युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएपछि इटाली फुटबलमा यो चर्चा चलेको छ कि क्रिस्टियानो रोनाल्डोले क्लब छाड्नेछन्। यो नतिजासँगै रोनाल्डोले पछिल्लो ९ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्नबाट वञ्चित भएका हुन्। उनले शुक्रबार राति वान म्यान आर्मीको झलक देखाएका थिए। उनले २ गोल गरे पनि तर गत सिजनको च्याम्पियन्स लिगमा देखाएको प्रदर्शन दोहो¥याउन भने सकेनन्।
रोनाल्डोले गत सिजनको च्याम्पियन्स लिगमा एटलेटीको मेड्रिडविरुद्ध ह्याट्रिक गरेर युभेन्ट्सलाई जित दिलाएका थिए। लियोनविरुद्ध पनि उनले यस्तै प्रभावशाली प्रदर्शन त गरे तर उनको प्रदर्शन पर्याप्त भएन । इटालियन विजेतालाई ३ गोलको आवश्यक थियो तर दुई गोल मात्रै गर्न सकेको थियो।
रोनाल्डो ३५ वर्ष उमेरमा पुगिसकेका छन्। तर, लियोनविरुद्धको खेलमा सो उमेर अंक मात्रै भएको सावित गरेका छन्। उनलाई त्यसैले पनि महामानव भन्ने गर्छन्। उनले छैठौं च्याम्पियन्स लिग उपाधि युभेन्ट्सबाटै जित्न नसक्ने फुटबल विशेषज्ञको भनाइ रहेको छ।
युभेन्ट्सका प्रमुख एन्ड्रिया एग्नेलीले शुक्रबार राति नै रोनाल्डोले क्लब छाडिरहेको भन्ने कुराको खण्डन गरेका थिए। उनले स्काइ स्पोर्टमा भने–‘म उनी क्लबमै रहनेछौँ। उनी युभेन्ट्सका पिलर हुन्।’