सारी बर्खास्त


इटालियन महारथी टोली युभेन्ट्सका मेनेजर माउरिजियो सारी एक सिजनपछि नै पदबाट बर्खास्त भएका छन्। सारीले हालै मात्र पनि सिरी ए उपाधि दिलाएका थिए। तर, च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएपछि क्लबले उनलाई मुक्त ग¥यो। शुक्रबार रातिको खेलमा युभेन्ट्सले लियोनमाथि २–१ को जित निकाले पनि अर्को चरणमा पुग्न असफल भएको हो। अवे गोलमा फ्रान्सेली टोलीले क्वाटरफाइनलको यात्रा तय गरेको हो।

६१ वर्षीय सारीलाई तीन वर्षका लागि गत सिजनमा युभेन्ट्सले अनुबन्ध गरेको थियो। युभेन्ट्सले अघिल्ला चार खेलमध्ये ३ खेलमा हार व्यहोरेको छ। सिरी ए मा पनि इन्टरमिलानभन्दा एक अंंकले मात्रै अघि थियो। त्यस्तै, कोपा इटालिया फाइनलमा नेपोलीसँग हारेको युभेन्ट्सले १९९६ देखि युरोपियन कप÷च्याम्पियन्स लिगमा विजेता बन्न सकेको छैन।

सारीभन्दा पहिला युभेन्ट्समा मेनेजर मासिमिलानो एलेग्री थिए। क्लबले शनिबार वक्तव्य निकाल्दै सारीलाई पदबाट मुक्त गरेको हो। वक्तव्यमा सारीलाई धन्यवाद भन्दै लेखिएको थियो– ‘युभेन्ट्सको इतिहासमा नयाँ पाना लेखिएकोमा सारीलाई धन्यवाद छ। यो व्यक्तिगत यात्राको उचाइले इटाली फुटबलको सबै श्रेणीमा उनलाई राम्रो अवसर थियो।’