विलियन आर्सेनलमा अनुबन्ध हुँदै


लन्डन, (एजेन्सी)
चेल्सीका मिडफिल्डर विलियन आर्सेनलसँग अनुबन्ध हुने संघारमा छन्। ३२ वर्षीय ब्राजिली फुटबलरले चेल्सीको च्याम्पियन्स लिग अभियान समाप्त भएपछि नयाँ सम्झौतामा हस्ताक्षर नगरेका हुन्। चेल्सीले बायर्न म्युनिखविरुद्धको अन्तिम १६ को पहिलो लिगमा ३–० ले हारेपछि नै उनले क्लब छाड्ने निर्णय लिएका हुन्।
हालसम्म क्लब र विलियनबीच कुनै नयाँ सम्झौता भएको छैन। उनले चेल्सीले आर्सेनलविरुद्धको एफए कप फाइनल खेलेका थिएनन्। उनले क्लबका लागि ३ सय ३९ खेलमा खेलेका छन्। उनी सन् २०१३ मा ३० मिलियन पाउन्डमा रूसी टोली एन्जी माखाचकालाबाट चेल्सीमा अनुबन्ध भएका थिए।
विलियनले नीलो जर्सीसँग ५ प्रमुख उपाधि जितेका छन्। जसमा दुई प्रिमियर लिग उपाधिसँगै युरोपा लिग र क्लबको प्लेयर्स वर्ष खेलाडी दुई पटक जितेका छन्। चेल्सीले उनलाई २०२३ सम्मका लागि अनुबन्ध गर्न प्रयास गरिरहेको छ।