तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सम्मानित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं 
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो वार्षिकोत्सवका अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ ।

२३औं वार्षिकोत्सवका अवसरमा ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको रिभाइभ लिजर पार्कमा भएको सम्मान कार्यक्रममा पुरुष खेलाडीतर्फ युनिस गौतम र महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रूपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राजमन्दिर श्रेष्ठ र उदीयमान प्रशिक्षकमा विक्रम बाठा मगर रहेका छन्। साथै, उत्कृष्ट हुनेमा प्रदेश–२ र मोरङ जिल्ला छन्।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, सदस्यद्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई, आईटीएफका अध्यक्ष अञ्जन धमलाले बिहीबार एक कार्यक्रमबीच वर्ष २०१९ का उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन्।

आईटीएफले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक सेवा, जस्तैः रक्तदान कार्यक्रम, सरसफाइ कार्यक्रम, वृद्ध–वृद्धालाई खाना खुवाउने कार्यक्रम र वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्लालाई सम्मान गर्ने कार्यक्रमहरू गर्दै आएको छ।