लकडाउनले खेलाडीमा परेको समस्यामाथि अफसाइड

0
Shares

कोरोना महामारीका कारण ४ महिनासम्म भएको लकडाउनका विभिन्न क्षेत्रमा प्रत्यक्षरूपमा असर पारिरहेको बेलमामा फुटबल क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन। यही विषयलाई लिएर अफसाइड नामक वेब सिरिज निर्माण भएको छ। उक्त सिरियलमा कोरोनाका कारण खेल क्षेत्रका सम्पूर्ण क्रियाकलाप ठप्प हुँदा खेलाडी र उनीहरूको परिवारले भोग्नुपरेको आर्थिक समस्या प्रस्तुत गरिएको छ।

सिरिजमा एक कोच घर खर्चदेखि लिएर विभिन्न आर्थिक समस्यामा परेपछि आफूले जीवनभर मेहनत गरेर जितेको पदकहरू नै बेच्ने मनशायमा पुग्छन् र लिलाम बढाबढीमा राख्छन्। लिलामीमा राखिएको मेडलका ग्राहकले त्यसको मूल्य २५ हजारसम्म मात्र तोक्छन्। त्यसबाट निरास हुँदै उनी अन्तिममा आफ्नो सबै मेडल लिएर कार्यक्रमबाट नै भाग्छन्। यस सिरिजले कोरोनाका कारण खेलका क्रियाकलाप नहुँदा खेलाडीहरू कस्तो समस्यामा रहेका छन् भन्ने देखाएको छ।

जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको सिरिजमा सगुन तण्डुकारको परिप्कल्पना रहेको छ भने काजी लिम्बुको लेखन रहेको छ। यसमा सगुन तण्डुकार, सकल रेग्मी, कमल श्रेष्ठ, रवि सिलवाल, राजु नगरकोटी, आशिक थापामगर, डिकेश खड्गी, सरिता भुजेल, समिर तण्डुकार, सगुन तण्डुकार, फियोरेन्ट कोयरा र जन कोइरालाको अभिनय रहेको छ। जसमा डोलेन्द्र कटुवालको छायांकन र जितेन्द्र राजोपाध्यायको सम्पादन रहेको छ।