छाउराको पेटमा दस इन्चको लठी

0
Shares

लन्डन,(एजेन्सी)
वेलायतमा एउटा नौ महिने कुकुरको छाउराको शल्यक्रिया गरी शरिर भित्र घुसेको दस इन्च लामो लठी झिकिएको छ । वर्णशंकर प्रजातिको रकी नामक त्या कुकुरलाई पटक पटक बिरामी हुने गरेको र खाना निल्न नसकेको कारण मालिक्नीले साउथम्पटन पिडिएसए पशु चिकित्सालय पु¥याएकी थिइन् ।

उपचारमा संलग्न डाक्टर जाफिया बाउम्यानले आफ्नो शरिर भन्दा आधा लामो लठी शरिर भित्र घुस्दा पनि त्यसको संवेदनशिल अगहरुमा कुनै चोट नलागेकोमा आश्चर्य प्रकट गरेकीछन् । एक घन्टा लामो शल्यक्रिया गरेर लठी निकली सकेपछि रकीलाई रातभरि आन्तरिक रक्तश्रावको अनगमनका लागि अब्जर्भेसनमा राखिएको थियो ।

छत्तिस वर्षीया मालिक्नी हान्नाले कसरी त्यसले लठी निल्न पुग्यो भन्ने बुझ्न नसकेको तथा शायद बंगैंचामा त्यो दुर्घटना भएको हुनुपर्ने अनुमान गरेकीछन् ।