शहरका खुला क्षेत्रमा हरियाली पार्क



नेपाल समाचारपत्र, ललितपुर 
ललितपुर महानगरलाई हरियालीसहितको शहर बनाउन महानगरले विभिन्न स्थानमा पार्क निर्माणको योजना अघि बढाएको छ। योजनाअनुसार महानगरको वडा नं ४ स्थित जावलाखेलमा पार्क निर्माणको काम शुरु गरेको छ।
उक्त पार्क निर्माणको शिलान्यास महानगरका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो। शिलान्यास कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थिति थियो।
उक्त योजनाअन्तर्गतको ञजावलाखेल पार्कु (जा≈वलाख्यों) निर्माण एक हो। महानगरका प्रमुख चिरिबाबु महर्जनले पार्क निर्माणपछि पार्कको अघिल्ला भागमा महानगरका जेष्ठ नागरिकलाई लहरै राखेर भोटेजात्रा देखाउने बताउनुभयो।
उहाँले भन्नुभयो- ‘राष्टझप्रमुखको समेत उपस्थिति हुने उक्त जात्रामा हामी जेष्ठ नगरिकलाई राष्टझप्रमुखसँग परिचय गराउँछौं। प्रत्येक वर्ष देखाइने भोटोजात्रामा राष्टझप्रमुखको उपस्थिति हुने गरेको छ।’ यो पार्क निर्माणका लागि ९४ लाख विनियोजन गरिएको छ।
एक हजार ६० स्क्वायर मिटर क्षेत्रफल रहेको उक्त पार्क जेष्ठ नागरिक, बाल र अपागंतामैत्री हुनेछ। नगरस्तरीय गौरवको आयोजनाअन्तर्गत निर्माण हुन लागेको यो पार्कको निर्माण तीन महिनाभित्र सम्पन्न गर्ने महानगरका वरिष्ठ इन्जिनियर प्रवीण श्रेष्ठले बताउनुभयो।
उपभोक्ता समितिमार्फत निर्माण हुने जावलाखेल पार्कको महानगरका इन्जिनियर र पुल्चोक इन्जिनियरिध्र क्याम्पसका विद्यार्थीको संयुक्त डिजाइन हो।
शहरका विभिन्न ठाउँमा पार्क निर्माण गर्नुको मुख्य उद्देश्य महानगरभित्रको खुला क्षेत्र संरक्षणसमेत गर्नु हो। अन्य स्थानमा निर्माण हुने पार्कमध्ये केहीको खाका तयार भइसकेको छ।
पुल्चोकमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोरनजिकै सेलवेज पार्क, जावलाखेल स्टिल टावरनजिकै दुईवटा पार्क, मानभवन (एकता बुकनजिकै), कुमारीपाटी (प्रसादी एकेडेमीनजिकै), लगनखेल बसपार्कको पूर्वतर्फ, कुसुन्तीस्थित यातायातअगाडि पार्क र सैंबु भञ्ज्याध्रको साउनेकुवा पार्क निर्माण गर्ने तयारी भइरहेको छ।
पार्कले शहरको सुन्दरता बढाउनुका साथै शहरलाई जीवन्त राख्न सहयोग पुड्डयाउनेछ। शौचालय र पिउने पानीको समेत त्यहाँ व्यवस्था गरिनेछ। ललितपुर महानगरपालिकाले हरियाली र पानीजन्य योजनालाई प्राथमिकतामा राखेको छ।

त्रिपुरेश्वरको…
उहाँका अनुसार सो कम्पनीअन्तर्गत बसुन्धरामा स्कोडा र जिप कम्पनीको सर्भिस सेन्टरमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुईसातादेखि सर्भिस सेन्टर बन्द गरिएको छ।
ञमैले जानकारी पाउनेबित्तिकै प्रहरीको सहयोगमा तत्काल कार्यालय बन्द गर्न आग्रह गरेको थिएँ, बिहानै प्रहरी टोलीले बन्द गराएको छ।ु +मोरध्र अटो वक्र्सका सल्लाहकार एवं पूर्वडीआईजी किरण गौतमले भन्नुभयो।
उहाँले भन्नुभयो+ ञयस्तो अवस्था देखिएपछि कार्यालयका प्रमुख कार्यकारी अधिकृत र केही कर्मचारी मात्र बोलाइएको र केही दिन अन्य कर्मचारीलाई नआउन भनेको बताउनुभयो। अब सबै कर्मचारी नबोलाई आलोपालो रुपमा कर्मचारी बोलाएर पुनः सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो।
कम्पनीका बजार प्रमुख रमेश धनेखुले एचआर प्रमुख मोहन थापासँग जानकारी लिन आग्रह गर्नुभएको थियो। लगत्तै थापासँग जानकारी लिन खोज्दा आफूलाई थाहा नभएको र सल्लाहकार तथा पूर्वडीआईजी किरण गौतमसँग बुझ्न बताउनुभएको थियो।
दुई उच्च अधिकारीले थापालाई सबै विषयमा जानकारी भएको बताइरहँदा उहाँले अर्कै व्यक्तिसँग सम्पर्क गर्न पुनः आग्रह गर्नुभएको थियो। आफ्नै कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण हुँदासमेत खुलेआम वर्कसप सञ्चालन गरेर सामाजिक उत्तरदायित्व पूरा गर्न नसकेको विषय जानकारी गराउँदा उहाँले कुनै उत्तर दिन सक्नुभएन। बजार प्रमुख धनेकुले कम्पनीले आज बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउने बताउनुभयो।
महानगरीय प्रहरी वृत्त कालीबाटीका प्रमुख डीएसपी रुगम कुँवरले घटनाको बारेमा जानकारी हुनासाथ प्रहरी परिचालन गरी जानकारी लिएको बताउनुभयो। कम्पनीमा कार्यरत सात जना संक्रमितमध्ये एक जनालाई होटल सोल्टीमा क्वारेन्टिनमा राखिएको छ भने अरुलाई अस्पताल भर्ना गरिएको छ।
कम्पनीले कार्यालयमा कार्यरत ५२ जनाको पीसीआर परीक्षण गरेको जनाउँदै सबैमा नेगेटिभ देखिएको जनाएको छ। कामपा+३ का वडाध्यक्ष भरतलाल श्रेष्ठले कम्पनीको वर्कसपका कर्मचारीमा कोरोना भएको हल्ला सुनेकोले यथार्थ विवरण संकलन गर्ने काम भइरहेको बताउनुभयो।
पेचिलो…
यसमा काम गर्दा शुरुमा धेरै विरोध, आलोचना भोग्नुपरेको र त्यसको बाबजुद पनि कामले सफलता पाएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो+ ञकाम गर्दा वन सखाप पाड्डयो भन्ने आरोप लाग्यो। वनका पदाधिकारीले पनि डराईडराई काम गरेका थिए। तर काम भइसकेपछि वैज्ञानिक वन व्यवस्थापनले वन सखाप होइन, फलिफापै भएको देखिरहेको छु।ु
वैज्ञानिक वन व्यवस्थापनको नीति पारदर्शीमा एक सय प्रतिशत रहेको उहाँको दाबी छ। जंगलभित्रको काठलगायतको सम्पूर्ण विवरण स्पष्टरुपमा राखिने भएकाले अनियमितता हुने ठाउँ नहुने उहाँले बताउनुभयो।
ञवैज्ञानिक वन व्यवस्थापनमा पुराना रुखहरु काटेर नयाँ बिरुवा उमार्ने, हुर्काउने र फेरि जंगल कायम गर्दै रुख काट्ने चक्र हुन्छ। सबैले यस बालीचक्रलाई बुझियो भने सबै समस्याको हल हुन्छ।ु +उहाँले बताउनुभयो।
तराईमा साल प्रजातिका रुख पाइने र साल प्रजातिको बिरुवा हुर्कन प्रशस्त मात्रामा प्रकाश र फराकिलो ठाउँ चाहिने भएकाले बूढो र बाक्लो रुख हटाउनुपर्ने उहाँले बताउनुभयो।
त्यस्तै नेपालमै पहिलोपटक आफ्नो वनभित्र वैज्ञानिक वन व्यवस्थापनको प्रयोग गर्ने कपिलवस्तुको तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डेले स्वच्छ मनले काम गर्दा आफ्नो वनमा वैज्ञानिक वन व्यवस्थापन सफल भएको बताउनुभयो।
ञशुरुमा नयाँ अभ्यास थियो। रुख काट्न डराएको अवस्था थियो। जे पर्छ पर्छ भनेर गरियो। स्वच्छ मनले पारदर्शीरुपमा काम गरियो। अहिले जस्तै विरोध आयो। हामीले त्यसलाई पर्वाह नगरी काम गड्डयौं, सफल भयौं।ु +उहाँले भन्नुभयो।
अध्यक्ष पाण्डेले शुरुमा नौ वर्षअघि रुख काटिएका स्थान देखाउँदै भन्नुभयो+ ञयही स्थानमा नौ वर्षअघि वैज्ञानिक वन व्यवस्थापनको काम गरेको हो। त्यसबेला विरोध गरेको जस्तै फँडानी देखिएको थियो। ठूला रुख काटिएका थिए। जंगल सखापजस्तै देखिएको थियो। अहिले कस्तो छ तपार्इं आफै भन्नुस्।ु
उहाँले भनेजस्तै त्यहाँ बिरुवा बाक्लै हुर्केको देखिन्थ्यो। महेन्द्र राजमार्ग छेउमै रहेकाले उक्त वनमा डँढेलोबाट बचाउन अग्नि रेखा बनाइएको छ। वरपर पूरै जंगललाई काँडेतारले घेरेर जंगल संरक्षण गरेको देखिन्छ। उहाँले औंल्याएको सबै वन घुम्दा यस्तै दृश्य देख्न सकियो।
कुल ६ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम उदाहरणीय भएको देख्न सकिन्छ। अध्यक्ष पाण्डेका अनुसार उक्त वनको विषयमा अध्ययन अनुसन्धानका लागि समेत उपयुक्त क्षेत्रका रुपमा विकास भएको छ भने त्यहाँ अध्ययन गरी नौ जनाले विद्यावारिधिसमेत पाइसकेका छन्।
कपिलवस्तुकै कपिलवस्तु साझेदारी वनमा पनि वैज्ञानिक वन व्यवस्थापनको प्रभावकारिता देखिएको छ। वनका अध्यक्ष गंगेश तिवारीले आफ्नो वनक्षेत्र अतिक्रमण गरी बसेको बस्ती हटाएर १ सय ७० हेक्टर वन फिर्ता ल्याई वैज्ञानिक वन व्यवस्थापन लागू गर्नुभएको छ। उहाँको वनले चन्द्रौटाको समिति चोकमा वनव्यवस्थापन गरी उदाहरणीय काम गरेको छ। अग्नि रेखा, काँडेतारले वन संरक्षण गर्नुका साथै जंगल हराभरा रहेको देखिन्छ।
त्यस्तै रुपन्देहीको लुम्बिनी साझेदारी वन व्यवस्थापन समूह, नवलपरासीको बुद्धशान्ति साझेदारी वनले यस्तै गरी उदाहरणीय काम गरेको स्थलगतरुपमा देखियो।
उहाँहरु सबैको एउटै मात्र चिन्ता के हो भने सरकारले जेठ १५ गते रुख कटान नगर्न र कटान भइसकेको रुख यथास्थानमा राख्न दिइएको निर्देशनमा तत्काल हेरफेर होस्। आफूहरुले राम्रो काम गर्दा पनि सरकारले एउटै डालोमा हाल्ने काम गरेको उहाँहरुको भनाइ छ।
मायादेवी साझेदारी वन, कपिलवस्तुको अध्यक्ष अवदुलअंजेश खाँले सरकार वैज्ञानिक वन व्यवस्थापनमा अवैज्ञानिक तवरले उत्रिएको बताउनुभयो। ञजहाँको व्यवस्थापनले अनियमितता गरेको छ त्यहाँकोलाई छानबिन गर्नुपड्डयो। समस्या नभएकोलाई पनि काम रोकेर मर्कामा पार्नुहुन्न नि।ु +उहाँले बताउनुभयो।
उहाँले साझेदारी वनबाट वार्षिक करोडौं राजस्व उठाउने तर सबैलाई एउटै डालोमा राखेर काटिएका काठलाई उठाउन नदिएर सरकारले त्यत्तिकै वनमै कुवाउने भयो, यो राम्रो नभएको बताउनुभयो।
यता डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख अजित कर्णले जिल्लाभरिबाट १४ सय उपभोक्ताले काठ चाहिने भनेर निवेदन दिए पनि सरकारको निर्णयका कारण काठ दिन नसकेको जानकारी दिनुभयो। ञघर जलेकाले पनि काठ पाउन सकेका छैनन्। जिल्लामा काठ लिने उपभोक्ताको निवेदन चाध्र भइसकेको छ।ु +उहाँले बताउनुभयो।
कोरोना…
त्यसै गरी बुधबार पर्सामा २ जना र मोरध्रमा २ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६३ पुगेको छ। पर्सामा भिश्वाका ४६ वर्षीय पुरुष र पोखरियाका १८ वर्षीया युवतीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
त्यसै गरी मोरध्रमा विराटनगरको आइसोलेसनमा रहेका विराटनगरका एक पुरुष र रंगेली नगरपालिका+१ दर्बेसाका ४५ वर्षीय पुरुषको निधन भएको कोसी अस्पतालले जानकारी दिएको छ।
नेपालमा बुधबार ३ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ भने उपचारपछि १५ हजारभन्दा बढी घर फर्किएका छन्।
घाम…
लगातार पानी पर्न थालेपछि सुरक्षित बासका लागि गाउँ छोडेर पालमुनि बस्नुपरेको उनीहरुको भनाइ छ। सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले गाउँको तल र माथिबाट पहिरो जान थालेपछि भुर्केला गाउँबासी केही दिन पहिलेदेखि विस्थापित भएर पालमुनि बसेको बताउनुभयो।
उहाँले भन्नुभयो+ ञपहिराका कारण भुर्केलाका नागरिक विस्थापित भएका छन्, उनीहरुलाई आरभीआरएमपी संस्थाको सहयोगमा पाल, पानी राख्ने भाँडाको व्यवस्था गरेका छौं, अब अन्य व्यवस्थापनका लागि पहल भइरहेको छ, चाँडै खाद्यान्नलगायत अन्य राहत वितरण गर्नेछौं।ु
खानलाई अन्नको एकदानासमेत नभएको पीडित धनबहादुर थापाले बताउनुभयो। अहिले दैनिक वर्षा भइरहेका कारण पहिराको डरले ३५ घरधुरीका गाउँले गाउँ छोडेर डाँडामा बास बसिरहेका छन्। उनीहरु घाम लागे घर फर्किने तथा पानी पर्दा डाँडातिर बसाइँ सर्ने गरेको स्थानीय हर्क थापाले जानकारी दिनुभयो।
गाउँपालिकाले दिएका पाल पनि झरी र हावाहुरीले च्यात्तिएका कारण पानी पालभित्र पस्दा राति सुत्ने समयमा झनै समस्या हुने गरेको पीडितहरुको गुनासो छ।
विधिसम्मत…
ओलीले फुटको पक्षमा लगातार गतिविधि गर्दै आएको आरोप लगाउँदै पार्टीमा बहस भइरहेका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, जनताको बहुदलीय जनवादको नारा, दलाल र राष्टझवादीको नारा दिएर सडकमा भएको नाराबाजीजस्ता गतिविधि त्यसको प्रमाण भएको बताउनुभयो। ञहामी अहिले पनि एकता अक्षुण्ण राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्र रहेन। त्यसैले खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार रहनुपर्छ।ु +उहाँले भन्नुभयो। वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यक्ष ओलीले चरम गुटबन्दी गरिरहेको आरोप लगाउँदै मदन भण्डारी फाउन्डेसनका नाममा वडासम्म कमिटी बनाउने, गुटबन्दी गर्ने र आफूहरुलाई बदनाम गर्ने काम भइरहेको बताउनुभयो। उहाँले कतिपयले नेकपाभित्रको संघर्षलाई पद प्राप्तिका लागि भनेर प्रचार गर्न पार्टीकै केही नेता र व्यक्तिहरु लागिपरेको बताउनुभयो। ञव्यक्तिको, पदको र जुँगाको लडाइँ भनेर एकथरीले प्रचार गरिरहेका छन्। कुरा त्यसो होइन, यो रुपान्तरणको लडाइँ हो।ु +खनालले भन्नुभयो। नेता खनालले यही अवस्था रहिरहे र पार्टी नेताहरु रुपान्तरणको दिशामा अघि नबढे विस्फोटन हुने चेतावनीसमेत दिनुभयो।
उक्त छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष भएको भ्रम नराख्न ओलीलाई चेतावनी दिनुभयो। दुवै पार्टीलाई विघटन गरेर पार्टी एकता गरेको र बहुमतको निर्णय पार्टीको निर्णय हुने विधानमा नै प्रस्ट रहेको उहाँले दाबी गर्नुभयो। सचिवालयमा बहुमतले निर्णय भए स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म जाने र त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्ने नेपालले बताउनुभयो। ञपार्टीभित्र अहिले पदको लडाइँ होइन, पार्टीलाई विधि, पद्धतिमा चलाउने कि नचलाउने भन्ने प्रश्नसँग जोडिएको छ।ु +उहाँले भन्नुभयो। ञजनताले कम्युनिस्ट पार्टीलाई ठूलो आशा, भरोसा र विश्वासका साथ मुलुक सम्हाल्ने जिम्मेवारी दिएका छन्। तर, त्यो आशा, भरोसा र विश्वासअनुसार न सरकार चलेको छ न पार्टी।ु +नेता नेपालको भनाइ थियो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले ओलीको कारण सांगठनिक, विधि पद्धति निस्क्रिय, अकर्मण्य वैचारिक स्खलन र भ्रष्टीकरणतर्फ गएको बताउनुभयो। उहाँले ओलीलाई रुपान्तरण गर्ने प्रयास सफल नभएको बताउँदै रुपान्तरणको प्रयासका रुपमा मंसिर ४ र वैशाख २० को सहमति गरेको भए पनि त्यो कार्यान्वयन नभएको र विश्वासको संकट पैदा भएको बताउनुभयो।
प्रचण्डसहित वरिष्ठ नेता खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले बुधबार पत्रकारसँग आफ्नो कुरा राख्दै पदका लागि विवाद नभएको विषयमा छलफल गरे पनि बुधबार साँझ पाँच बजेका लागि तय भएको ओली+प्रचण्डको वार्ता स्थगित भएको थियो। चार जना नेताहरुले छुद्मै पत्रकारसँग छलफल गरे पनि थप रणनीति बनाउन ओलीले वार्ता स्थगित गरेको बताइएको छ। प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बुधबारका लागि तय भएको वार्ता स्थगित भएको जानकारी गराउँदै बिहीबार पुनः वार्ता हुने जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्