रक्तदान र वृद्ध–वृद्धालाई भोजन

0
Shares

काठमाडौं, (नेस)
नेपाल आइटीएफ तेक्वान्दोले आफ्नो २३औं वार्षिक उत्सवका अवसरमा २ दिने कार्यक्रमको आयोजना गरेको छ। बुधबार पहिलो दिन सामाखुसीस्थित मानव सेवा आश्रमका ६० जना वृद्ध–वृद्धालाई भोजन गराएर शुरू गरेको कार्यक्रम रक्तदान गरेर सम्पन्न भएको छ।

ताहचलस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा तेक्वान्दोका प्रशिक्षक, खेलाडी, संघका पदाधिकारी र खेलप्रेमी महानुभाव गरी ३३ जनाले रक्तदान गरेका थिए। २३औं वार्षिक उत्सवको अन्तिम दिन बिहीबार संघले आफ्नो टिमअन्तर्गतका वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक र प्रदेश तथा जिल्ला संघलाई सम्मान गर्ने कार्यक्रम राखेको छ ।