साना परमाणु हतियार निर्माण गर्न उत्तर कोरिया सफल

0
Shares

प्योंगयांग (एजेन्सी)

उत्तर कोरियाले आफना क्षेप्यास्त्रबाट प्रहार गर्न सकिने सानो आकारका परमाणु हतियार बनाउन सफलता हासिल गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदको उत्तर कोरिया हेर्न बनाइएको विशेषज्ञकी कमिटीले उत्तर कोरिया प्रतिबन्धको उलंघन गरिरहेको पुष्टी गर्दै उक्त तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उत्तर कोरियाले लगातार आफनो परमाणु कार्यक्रमलाई तिब्रता दिइरहेको जनाइएको छ । प्रतिवेनमा भनिएको छ , उत्तर कोरिया लगातार आफनो परमाणु कार्यक्रम चलाइरहेको छ । यसमा उच्च प्रसोधित युरेनियम र लाइट वाटर रिएक्टरको निर्माण पर्छ । एक सदस्य देशले उत्तर कोरिया लगातार परमाणु हतियार निर्माण गरिरहेको छ ।

उक्त अन्तरिम प्रतिवेदनमा उत्तर कोरियाले क्षेप्यास्त्रमा जडान गर्न साना परमाणु हतियार बनाइसकेको कयौं देशले दावी गरेको उल्लेख गरिएको छ । उत्तर कोरियाली नेता किम जोंग उनले ६ परमाणु परीक्षण साना परमाणु बम बनाउनका लागि गरेको हो । एक देशले उत्तर कोरिया मल्टिपल वारहेड सिस्टममा काम गरिरहेको दावी गरेको छ ।

गत हप्ता उत्तर कोरियाले परमाणु हतियार बनाउनुको कारण आफनो देशमा कुसैले हमला नगरुन भन्ने उद्देश्य रहेकोमा जोड दिएको थियो । सिप्रीको एक प्रतिवेदन अनुसार उत्तर कोरियासँग ३० देखि ४० परमाणु बम छ र लगातार अरु बनाइरहेको छ ।