मोरङमा एकै नगरपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि, रंगेली बजार सिल

0
Shares

नयुज अफ नेपाल, काठमाडौं ।

मोरङका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै रंगेली नगरपालिकाका रहेको कोसी अस्पतालले जनाएको छ । संक्रमण देखिएका २२ जना मध्ये १४ जना एकै परिवारका हुन् ।

एकैपटक २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरेको छ ।