प्रहरीलाई घुस दिनेविरुद्ध मुद्धा


न्युज अफ नेपाल,हेटौंडा ।

स्थित इप्रका नेवारपानीको प्रहरी चेकपोष्ट तथा इप्रका पशुपतिनगर प्रहरी चेकपोष्टमा चेक गर्ने क्रममा सुरक्षा मापदण्डविपरीत राँगा, भैंसी लोड गरी ल्याउँदै गरेकोमा आबश्यक कागजात पु¥याएरमात्र लान मिल्छ भनी सम्झाउँदा ‘छाडी दिनुप¥यो हजुर’ भनी ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने सवारीचालकहरु पक्राउ परेका छन् ।

उनीहरुलाई सार्वजनिक हित र नैतिकताविरुद्ध कसुरमा मुद्धा दायर गरिएको छ ।ना. ७ ख ६२२४ नम्बर आइचर ट्रकचालक बीरगञ्ज–३२ बस्ने वर्ष ३३ का नसिरुद्धिन अन्सारी, ना. ४ च ८३९४ नम्बर पिकअपचालक बारा जितपुरसिमरा–४, भेलही बस्ने वर्ष २१ का गुलाम अन्सारी, ना. ६ ख ५६३६ नम्बर ट्रकचालक जितपुरसिमरा–३२ बस्ने वर्ष ३४ का लाल अन्सारी र ना. ६ ख ९४७ नम्बर ट्रकचालक सर्लाहीको बरहथवा–९, मूर्तिया बस्ने वर्ष २३ का अरुण महतो पक्राउ परेका हुन् ।

उनीहरुसहित हालसम्म १५ सवारीचालकलाई सार्वजनिक हित र नैतिकताविरुद्ध कसुरमा मुद्धा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सुरक्षा मापदण्डविपरीत भ्यानमा बढी संख्यामा यात्री चढाएको पाइएपछि त्यसो नगर्न सम्झाउँदा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनसहित दुर्ब्यवहार गर्ने एक चालक पनि पक्राउ परेका छन् ।

भ्यानचालक बुधबार विहान करिब ११ बजे मकवानपुरको भीमफेदी गापा–२, भैंसेस्थित चेकपोष्टमा चेक गर्ने क्रममा पक्राउ परेका हुन् । रौतहटको चन्द्रपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. १६ च ८९७१ नम्बर मारुती भ्यान चेक गर्दा भ्यानमा सुरक्षा मापदण्डविपरीत बढी यात्री देखिएको र त्यसो नगर्न सम्झाउँदा उनले प्रहरीलाई आर्थिक प्रलोभनसहित दुव्र्यबहार गरेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

भ्यानचालक साबिक जिल्ला महोत्तरी गौशाला–१० (हाल रौतहटको चन्द्रपुर डेरा गरी बस्ने) रामगणेश साहलाई नियन्त्रणमा लिएर सार्वजनिक हित र नैतिकताविरुद्ध कसुरमा मुद्धा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।