बाढीले बगाउँदा युवतीको मृत्यु


न्युज अफ नेपाल, नवलपरासी ।

अविरल वर्षासंगै गिरावारी खोलामा आएको बाढीले बगाउदा विहिबार विहान हुप्सेकोटमा एक युवतीको मृत्यु भएको छ ।

स्थानिय बसन्तपुर गाउं नजिकबाट गिरुवारी खोला तर्ने क्रममा हुप्सेकोट गाउपालिका २ निवासी २४ वर्षीया सिता परियारको मृत्यु भएको हो ।

परियार आफ्नो घर गड्डाखोलाबाट गिरुवारी बजार तर्फ आउनका लागि खोला तर्दै गर्दा खोलाले बगाए पछि खोजी गर्ने क्रममा बशन्तपुरमा उनको शव फेला परेको थियो ।

घटना सम्वन्धमा जिप्रका नवलपरासीले प्रहरी टोली घटना स्थल तर्फ जादै गरेकोले यथार्थ विवरण आउन बाकी रहेको जनाएको छ ।