हर्नान्डेज कोरोना संक्रमण मुक्त

0
Shares

एजेन्सी ।

गत शनिबार आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका स्पेन राष्ट्रिय टिम तथा बार्सिलोनाका पूर्व खेलाडी जाभी हर्नान्डेज कोरोनामुक्त भएका छन्।

हाल कतारी क्लब अल सादका ४० बर्षीय प्रशिक्षक हर्नान्डेजले सामाजिक सञ्जाल इन्टाग्राममामार्फत् आफू स्वस्थ भएको बताएका छन् । उनले आफ्नी छोरीलाई समातेको तस्विर राख्दै आफू कोरोनाबाट मुक्त भएको र आफूलाई साथ दिने सबैलाई धन्यवाद भनेर लेखेको छन् ।

शनिबार मेडिकल रिपोर्टबाट कोरोना संक्रमण पुष्टि भए पनि उनले कोरोना संक्रमणको लक्षण आफूमा नदेखिएको बताएका थिए । बार्सिलोनाबाट सन्यास लिएपश्चात् जाभी सन् २०१५ मा अल सदा पुगेका थिए । विगत १ वर्षदेख उनी सोही क्लबलाई प्रशिक्षण गरिरहेका छन् । उनले केही समयअघि मात्रै क्लबसँग थप एक वर्षका लागि सम्झौता नवीकरण गरेका थिए ।