पाँच फरार अभियुक्त समातिए


न्युज अफ नेपाल, पाल्पा ।

पाल्पा प्रहरीले पाँच जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

जिल्लामा विभिन्न समयमा लागु औषध, बुहविवाह र सावर्जनजिकि अपराध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट दोषी घोषित भई फरार रहेका पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाको सक्रियतामा विभिन्न मुद्दामा कैद भुक्तान नगरी फरारको सूचिमा रहेका ५ जनालाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाइएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन गिरीका अनुसारअदालतबाट लागु औषध सम्बन्धी मुद्दामा दोषी ठहर भएपनि फरार रहेका तिनाउ गाउँपालिका वडा नं. ६ का ५५ वर्षिय मानबहादुर लम्तरी, तिनाउ गाउँपालिका वडा नं. २ बस्ने २६ वर्षका दिपक लम्साल र माथागढी गाउँपालिका वडा नं. ३ बस्ने ४५ वर्षका रवि काफ्ले रहेका छन् ।

यस्तै तिनाउ गाउँपालिका वडा नं. ३ का ४५ वर्षिय पदमबहादुर रायमाझी बुहविवाह मुद्दामा दोषी ठहर भएका थिए । बगनासकाली गाउँपालिका वडा नं. ७ बस्ने २९ वर्षका सुरजबहादुर कनौजे भने सावर्जनजकि अपराध सम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए ।

फरार अभियुक्तलाई पक्राउ गरी कैद भुक्तान तथा सजायका लागि बुधबार अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।