युद्ध हुने छैन उत्तर कोरिया सुरक्षित छ : किम

0
Shares

सोल,(एजेन्सी)

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले अझै पनि बाहय दवाव र सैनिक खतरा कायमै रहेपनि मुलुकको सुरक्षा र भविष्यको ग्यारेन्टिका लागि प्राप्त गरिएको आणविक शक्तिको कारण पनि अब थप कुनै युद्ध नहुने विचार व्यक्त गरेका छन् । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध अन्तय भएको ६७ औं वर्षगाँठ मनाउने क्रममा किमको यो प्रतिक्रिया सार्वजनिक भएको आधिकारिक सरकारी समाचार निकाय केसिएनएले जनाएको छ ।

कार्यक्रमको प्रतिरक्षात्मक स्वरुपालई जोड दिँदै किमले भनेका छन् , ‘ अर्को शसस्त्र द्वन्द्वलाई रोक्न मुलुकले अत्यन्तै ठूलो शक्तिका लागि आणविक हतियार विकास गरेको हो । अहिले हामी शत्रुका फौज र साम्राज्यवादीहरुबाट आउन सक्ने जस्तोसुकै प्रवल दवाव र सैनिक खतराको सामना गर्न सक्ने स्थितीमा छौं । भरपर्दो र प्रभाबकारी ढंगले आत्मरक्षा गराउने आणविक हतियारलाई धन्यवाद दिनै पर्दछ , अब कुनै युद्ध हुने छैन , हाम्रो सुरक्षा र भविष्यको पूर्ण ग्यारेन्टि हुनेछ । ’

वसिंगटनले नाकावन्दि खुकुलो गरे वापत उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र र आणविक कार्यक्रम नष्ट गर्ने सम्बन्धमा सहमति नमिलेपछि अमेरिका र प्योंगयांग बिचको वार्ता रोकिएको अवस्था छ । यस सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम बिच सन् २०१८ मा सिंगापुरमा र २०१९ मा भियतनामको राजधानी हनोइमा भेटवार्ता भएको थियो ।