कोरोना त्रासका कारण यसवर्ष तानसेनमा जात्रा ननिकालिने


न्युज अफ नेपाल,पाल्पा।

नेवारहरुको वसोवास रहेको र परम्परादेखि जात्राको विशिष्ट परम्परा वोकेको पाल्पा जिल्ला सदरमुकाम तानसेनमा गाइजात्रा पछि दिनहु जात्रा निकालिने भएकाले जात्रामय हुने गथ्यौ तर यसपालि भने कोरोना त्रासका कारण कुनै पनि जात्रा नलाग्ने भएको छ ।
कोरोनाको त्रासले गर्दा यस वर्ष तानसेनमा कुनै पनि जात्रा ननिकालिने निणर्य गरिएको छ ।

जात्राको विषयमा छलफल गर्न आयोजित कार्यक्रमा जात्रा ननिकाल्ने निर्णय भएको तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले वताउनु भयो । स्थानीय प्रशासन, सुरक्षा निकाय,जनप्रतिनिधि, गुठीयार सहित जात्रासित सरोकार राख्ने ब्यक्ति तथा संस्थाहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

तानसेनमा गाठेमंगलको दिन देखि भगवती जात्रासम्म हरेक दिन जात्रा लाग्ने गर्दथ्यो त् कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यस बर्ष कुनै पनि जात्रा नगर्ने निर्णय भएको तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले जानकारी दिनुभयो ।

यो निर्णयबाट यस क्षेत्रकै प्रसिद्ध र नेपाल अंग्रेज युद्धसँग सम्वन्धित आगामी साउन २८ गते परेको भगवती जात्रासमेत प्रभावित भएको छ । बाहिर ठुलो रुपमा नगरिएपनि मन्दिरभित्रै परम्परा कायम राख्ने गरि रथयात्रा हुने भगवती गुठीले जनाएको छ । दिनदिनै जसो जात्रैजात्रा निकालिने भएकाले यहाको चहलपहल वढेदै जाने र पुरानो परम्परा र संस्कृतिलाइ नजिकवाट नियाल्ने मौका पनि मिल्ने गरेको थियो ।

तानसेन र आसपासका क्षेत्रमा विषेश गरेर नेवार समुदायमा मनाइने गाईजात्राका अवसरमा यो बर्ष भरी मृत्यु भएका आफन्तहरुको आत्माको शान्तिको कामना गर्दै निकालिने गाई जात्रा दिउसो र साझ गरेर दिन भरि नै निर्गुण तथा भजनका साथ वास्सा,चुइकी फिराई ,रोपाई जात्रा, भगवती जात्रा, बाघ जात्रा, नारायण जात्रा, गणेश जात्रा, कृष्ण जात्रा प्रख्यात जात्रा हुन् । यि जात्राको ऐतिहासिक र धार्मिक महत्वलाई यस वर्ष जिल्लावासीले अनुभव गर्न पाउने भएका छैनन ।

फाइल तस्वीर : पाल्पाको ऐतिहासिक भगवति जात्रा