प्रसादको रुपमा खीर खादा बिरामी परेकाहरुको उपचार हुँदै


न्युज अफ नेपाल,पाल्पा ।

पुर्वी पाल्पाको रामपुर नगरपालिकामा पितृ प्रसादका रुपमा पाउडर दुधको खीर खाँदा विरामी परेकाहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार जारी छ । प्रसादका रुपमा खीर खाएका रामपुर नगरपालिका ७ मोहटी गाउका ६४ जना विरामी परेका हुन । सोमवार रामपुर नगरपालिका ७ मोहटीका मान बहादुर सुनारको १३ औं दिनको पुन्य तिथिमा सहभागी आफन्तहरुले प्रसादको रुपमा खिर खाँदा उनीहरु विरामी परेका हुन ।

अहिले खिर खाई विरामी भएका मध्ये १० जना रामपुर अस्पतालमा र ५४ जना लुम्विनी मेडिकल कलेजमा उपचाररत रहेका छन । विरामीमा टाउँको दुख्ने,ज्वारो आउने,पेट दुख्ने,वान्ता हुने रिगंटा लाग्ने लगायतको समस्या देखिएको लुम्विनी मेडिकल कलेजमा उपा्चाररत विरामीहरुले बताएका छन । विरामीका अनुसार भोजमा सय भन्दा वढीले प्रसाद खाएका थिए र खाएका मध्ये अधिकांश विरामी परेका छन ।

विरामीहरुको उपचारमा संलग्न लुम्विनी मेडिकल कलेजका डाक्टर उदिप महर्जनका अनुसार खानेकुरामा म्याद गुज्रेका र विषादी युक्त खाना खादा यस्तो समस्या आएको बताउनु भयो । उहाँले कलेजमा उपचारर्थ विरामीहरुको अवस्था सामान्य रुपमा आईसकेको एक जनाको मात्र अवस्था जटिल रहेको जानकारी दिनुभयो ।

उहाँले झाडापखाला रोगको हेलचेक्रराई भएमा मृत्यु समेत हुने तर समयमै उपचार पाउँदा विरामीहरु निको हुने बताउनु भयो ।
पितृ प्रसादको रुपमा उनीहरुले खीर, अचार र तरकारी खाएका थिए । वजारमा किनेको दुधको खीर वनाएको उनीहरुको भनाइ छ ।

प्रसाद खाएपछि एक्कासी झाडा पखाला लागेकोमा उनीहरु उपचारका लागि स्थानीय रामपुर अस्पतालमा गएका थिए पछि त्यहा ठाउको अभाव भएपछि उनीहरुलाई जिल्ला सदरमुकाम तानसेन रिफर गरिएपछि उनीहरु लुम्विनी मेडिकल कलेजमा आएका हुन । विरामी पर्नेहरु आठ देखि ६५ वर्ष उमेर समूहका रहेको र एउटै गाउका भएको वताइएको छ ।