मैले सुझाव दिएकैले मलेरियाको औषधी खारेज गरियो : ट्रम्प

0
Shares

वासिंगटन (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन एक पटक कोरोना संक्रमणको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन प्रयोगको समर्थन गरेका छन् । यो औषधी मलेरियाका विरामीमा प्रयोग हुन्छ । कोरोना संक्रमण फैलिन शुरु गरेपछि भारतले भारतमा धरै उत्पादन हुने हाइड्रोक्सिक्लोरोक्विन सहित केही औषधी निर्यातमा रोक लगाएको थियो । तर उक्त औषधीको निर्यातमाथिको रोक तत्काल हटाउन राष्ट्रपति ट्रम्पको धम्कीपछि भारतको मोदी सरकारले निर्यात खुला गरेको थियो ।

राष्ट्रपति ट्र्रम्पले मलेरियाको औषधी कोविड १९ को उपचारमा प्रयोग गर्ने कुरा आफुले सुझाव दिएकै कारणले खारेज गरिएको बताए । ह्वाइट हाउसमा संवाददाताहरुलाई ट्रम्पले भने – जब म कुनै कुरा सिफारिस गर्छु , उनीहरु त्यसलाई खारेज गर्न मनपराउँछन् । यद्यपी यो औषधी कोरोना उपचारमा उपयोगी भएको कुनै प्रमाण प्राप्त भएको छैन ।

यो औषधी प्रयोगले ह«दय सम्बन्धी समस्या बढ्ने विशेषज्ञहरुले बताएका छन् । गत महिना अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोरोना संक्रमणको उपचारमा यो औषधीको प्रयोगलाई लिएर चेतावनी जारी गरिसकेको छ ।विश्व स्वास्थ्य संगठनले पनि हाइड्रोक्सिक्लोरोक्विन कोरोनाको उपचरामा प्रभावकारी भएको कुनै प्रमाण नभएको बताइसकेको छ ।

ट्रम्पको यो बयान आउनु अघि ट्रिवटरले उनका जेठो छोरोमाथि यो औषधीको प्रसंसा गरिएको भिडियो पोस्ट गरिएकोमा १२ घन्टाका लागि प्रतिबन्द लगाइएको थियो ।कोरोना भाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनलाई डोनाल्ड ट्रम्पले सबैभन्दा पहिला मार्चमा उपयोगी भएको बताएका थिए ।

७३ बर्षिय डोनाल्ड ट्रम्पले मेमा आफुले उक्त औषधीबाट आफ्नो उपचार गरेको बताएका थिए । मंगलबार उनले भनेका छन् – १४ दिनसम्म यो औषधी सेवन गर्दा पनि मलाई कुनै साइड इफेक्ट महसुस भएन । मैले धेरै अध्ययन र जानकारी हासिल गरेपछि मात्र आफ्नो कुरा राख्न मात्र सक्छु, शुरुवाटको अवस्थामा यो प्रभावकारी औषधी हो । यसको प्रयोगबाट कसैलाई हानी हुँदैन, होइन भने यो यति धेरै लोकप्रिय हुँदैनथ्यो ।