करेन्ट लागेर मृत्यु

0
Shares

न्युज अफ नेपाल,भद्रपुर ।

करेन्ट लागेर झापामा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यत्ति खोलाले बगाएर बेपत्ता भएका छन् । निर्माणाधीन आफ्नै घरमा पानी लगाउने क्रममा मोटरबाट करेन्ट लागेर विर्तामोड नगरपालिका ७ खालबारीका ५० वर्षिय सम्शेर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वुधबार विहान ९ बजे करेन्ट लागेर घाइते भएका तामाङको उपचारका क्रममा दिउँसो पौने ३ बजे ज्यान गएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।यस्तै माइखोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर एक युवक वेपत्ता भएका छन् ।

कनकाइ नगरपालिका ४ का अन्दाजी २८ वर्षिय कमल मुखिया वेपत्ता भएको डिएसपी थापाले जानकारी दिनुभयो । बुधबार दिउँसो सवाँ ३ बजे मुखियालाइ खोलाले बगाएको विषयमा स्थानीयले प्रहरीलाइ खबर गरेपश्चात् गएको प्रहरी टोलीले खोजतलास गरिरहेको उहाँले जनाउँनुभयो ।