कोरोना फैलिएपछी अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जिल्ला प्रशासन स्याङ्जाको अनुरोध


भूूपराज बस्याल,स्याङ्जा ।

कोरोना भाइरसको महामारी बढेसंगै अत्यावश्यक काम भन्दा बाहिर ननिस्कन जिल्ला प्रशासन स्याङ्जाले सबैमा अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यलयमा कार्यरत ३८ प्रहरी कर्मचारीलाई कोरोना देखिएपछि मंगलबार देखि दस दिनको लागि जिल्लामा अत्यावश्यक काम वा सेवा बाहेक सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गगाँ बहादुर क्षेत्रीले जानकारी जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “अत्यावश्यक काम भन्दा बाहिर ननिस्कन र बाहिर निस्किनै परे अनिवार्य रुपमा माक्सको प्रयोग गर्न जिल्लावासीलाई अनुरोध छ । ” जिल्लाका ११ स्थानीय तहलाई सोही अनुसारको पत्राचार समेत गरिएको उहाँको भनाइ थियो ।लामो समयको लकडाउन बाट निरास भएको व्यावसायिक क्षेत्र लकडाउन खुले लगत्तै केही आशावादी देखिपनी जिल्लामा कोरोनाको महामारी बढेसंगै प्रशासनले गरेको नयाँ निर्णयबाट चिन्तित बनेको छ ।

जिल्लाका सुरक्षा कर्मीमा कोरोना भाइरसको लक्षण देखा परेसंगै परिक्षण गर्दा पहिलो पटक ३ जना र दोश्रो पटक १८ जनामा कोरोना देखा परेको थियो भने मंगलबार प्राप्त रिपोटमा १६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएपछि दश दिनको लागि जिल्लामा यस्तो निर्णय गरिएको हो । हाल जिल्लाभर २४९ जना कोरोना सक्रमीत रहेका छन् ।