राज्यको लगानी बालुवामा पानी

कर्मचारीको पिडाः भुक्तानी रोक्न खोज्दाँ फोनमा प्रदेस र संघका सांसदको धम्की आउँछ


ललित सिंह, बझाङ ।
गाउँमा तरकारी खेतीको नाउमा नयाँ परिर्वतन केहि भएको छैन । पुरानै प्लाष्टिक घर र तरकारी खेती छन । गाउँमा आएको ५० लाख कामै नगरि कसले कहाँ कसरी खाए आफुलाई केहि थाहा नभएको केदारस्यु गाउँपालिका १ छिनापानिका मा बिगत ९ बर्ष देखि तरकारी खेती गरि रहेका कृषक धनसेर रावलको भनाई छ ।

उनले भने जिल्ला बाट अनुगमन गर्ने कोहि आएन गाउँपालिका र वडाले पनि खासै चाँसो देखाएको छैन । रकम आए पछि काम गर्ने किसानलाई पाईन्छ भन्ने आस थियो । आकासको फल आँखा तडि मर भन्ने पुरानो उख्खा साबित भयो ।

बिकासको नाउमा लुट हो । वडा कार्यालयले पनि कसरी सिफासि दियो कृषि ज्ञानकेन्द्रले पनि एक पटक अनुगमन नै नगरि किन कसरी भुतmानि दियो केहि बुझिएन । गाउँ र तरकारी लगाउने भनेको स्थल जय पृथ्बी राजमार्ग संगै जोडिएको छ । तरकारी हैन खेतमा धान रोपेको छ ।

आलु खेती चैत्रमा लगाएर साउन भदौमा निकाल्ने काम हामी यस अघि देखि नै गरि रहेका थियो राज्यले ५० लाख रुपैया गोदाम घर संकलन केन्द्र निमार्ण उन्त बिउ आलु लगाउने आधुनिक शैलि बारे तालिम दिने भनेको थियो कामै पुरा नगरि हाम्रो बारीमा लगाएका आलुको फोटा खिचेर पैसा भुक्तानि लिने दिने काम भएको भन्ने बुझिएकाले हामी कार्यालय र पैसा निकाले गाउँकै ब्यतिm बिरुद उजुरी गर्ने तयारीमा रहेको बुगल नगर पािलका १ का जसबिरे धामीले बताए ।

उनले भने गाउँका मान्छे सोझा हुन्छन । भनेको कुरामा बिश्वस गर्छन । एक दुई पटक सबै जना एक ठाउँमा जम्मा भए छलफल पनि गरे तर पैसा आउन्छ भन्दा भन्दै असार गएर साउन लागी सक्यो अतोपतो छैन । बुंगल नगरपालिकामा राज्यले धेरै काम गर्ने रणनिति बनाएको छ तर मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यक्रमको कामको नाउमा आएको ३० लाखमा कहाँ के काम गरे केहि थाहा नभएको बुंगल नगरपालिका ४ का वडा अध्यक्ष अम्बर राज जोशीले बताए ।

उनले भने वडामा सिफारीस लिन आएका थिए । काम भएकै छैन दिन्न भनेर दिएन । कहाँ कसरी लिए कार्यालयले पनि भुक्तानि कसरी दियो यस बारे आफुलाई केहि थाहा नभको छैन । गाउँमा बिउबिजन पनि बाँडेन नत प्लाष्टिक घर (टनिल हाउस ) नै बनाए ।

राज्यले कार्यक्रम दिन्छ बजेट भनेको समयमा दिदैन । कार्यालयमा जनशतिm जम्मा ४ जना प्राबिधिक छु । स्थानिय सरकारले हामीलाई खास सहयोग गरेकै छैन । देशमा कोरोनाको महाँमारी संगै बर्खाको समय भएकाले सबै ठाउँमा अनुगमन गर्ने सकिएन भुक्तानि दिने आधारका कागत पत्र फोटा , निणय र सिफारिस आए पछि बिश्वासको आधारमा कार्यालयले भुक्तानि दिएको जिल्ला ज्ञान केन्द्रका प्रमुख दिल बहादुर सिहंले बताए ।

उनले भने सबै ठाउँमा स्टमेट तथा लगानि अनुसारको काम भएको छ भन्ने पक्षमा कार्यालय पनि छैन । भुक्तानि रोक्न खोज्दा सिधै प्रदेश र संघका सांसद बाट फोन आउने जिल्ला स्थरका नेताले धम्कयाउने गरेका हुन्छ । चैनपुरमा बसेर उपभोक्ता समिति गठन देखि सबै काम गरेको सम्म खुलेको छ । राज्यको लगानी बालुवामा पानी भएको छ ।

हामीले के गर्ने जिल्लाको समिक्षा गोष्टि देखि बिभाग मन्त्रालयमा पठाउदा आबश्यकता अनुसार ठाउँ तोकेर पठाउने गरेका हुन्छु । हामीले नसोचेको ठाउँमा छनौट भए माथि बाट योजना आउने गर्छ । कार्यालयमा एक जना सिचाई कुलो पानी पोखरी निमार्ण गर्नेको लागी स्टमेट गर्ने प्राबिधिक छैन । हामी सबै कृषि प्राबिधि हु । राज्यले सोचनु पर्छ । आव ७७÷७८ मा पनि ३० वटा सिचाई कुलो नाम तोकेर आएका छन । हामीले ल्याएको योजना भन्ने गरेका छन । कतिले त काम हैन किनेर ल्याएको योजना हो भन्न समेत बाँकि छोडदैन ।

जिल्लमा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्याक्रम संञ्चालन गर्ने राज्यले जय पृथ्बी नगरपालिकामा १० मा ५० लाख गहुँ खेती, तलकोट गापा ६ बाख्रापालन ५० लाख मष्टा गापा ५मा ५० लाख बाख्रपालन,केदारस्यु गापा १ मा ५० लाख तरकारी खेती ,दुगार्थली गापा ५ मा ५० लाख तरकारी खेती ,थलारा गापा ५,६ मा ५० लाख ओर खेती,बुंगल नगरपालिका १ र २ मा ५० लाख आलु खेती र बिथ्डचिर गापा ६ मा ५० बाख्रा पालन, सुर्मा गापा ३ मा ५० लाख ,साईपाल गापा मा५० लाख अन्य स्थानिय तहका फलफुल खेती सिचाई कुलो पानी पोखरी गरि ८ करोड बरावरको रकम बिनियोजन गरेको भए पनि उपलबन्धि भने भएको छैन ।