आज थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४८ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज १२१ जना सिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।

कोरोना संक्रमणका कारण हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ ।