१८ हजार नगदसहित १० जुवाडे पक्राउ


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको थाहानगर–३, डाँडागाउँस्थित सुमन बिष्टले सञ्चालन गर्दै आएको खाजा पसलमा पैसाको हारजित हुने गरी तास खेलिरहेका १० जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले जुवा खेलिरहेको अबस्थामा नगद १८ हजार ७ सय ६६ रुपियाँ, भारतीय रुपियाँ ५ सय ८० र तास ३ बुकसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिप्रकाका प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा थाहानगर–३ बस्ने वर्ष ४१ का महेश खत्री, वर्ष ३२ का राजन रायमाझी, वर्ष ३६ का हिरेन्द्रकुमार रायमाझी र वर्ष ३१ का सुमन बिष्ट छन् ।

वडा–४ बस्ने वर्ष ४२ का कृष्णराम कार्की, वर्ष ३८ का रामकुमार खत्री, वर्ष २२ का अनिल कार्की र वर्ष ३२ का अमरकुमार तामाङ पक्राउ पर्दा वडा–१ बस्ने वर्ष ३४ का रामभक्त श्रेष्ठ र वर्ष २४ का श्यामकृष्ण प्रधान पनि पक्राउ परेको उहाँले जानकारी दिनुभयो ।