मध्यपुर थिमिका सम्पदाले पुनर्जीवन पाउँदै


पुष्कर बुढाथोक, भक्तपुर ।

संरक्षणको पखाईमा रहेका मध्यपु थिमि नगरपालिकाका ऐतिहासिक सम्पदाहरु धमाधम परस्पागत शैलिमा उठ्न थालेका छन् ।जीर्ण मन्दिर धमाधम ठडिन थालेका छन् भने पाटीहरु पुरानै शैलीमा बनिरहेका छन् ।  जीर्ण बनेका दरबारहरुले नयाँ स्वरुप पाएका छन् भने झारले पुरिएका ,छोपिएका पोखरीले नयाँ जीवन पाएका छन् ।

फोहर फाल्ने पोखरी पार्कमा परिणत भएका छन् । बर्षौ देखि जीर्ण बनेका ,झाडीले छोपिएर हराउन लागेका ,अतिक्रमणमा परेका सम्पादाहरु नयाँ साजसज्जामा चित्ताकर्षक शैलीमा पुरानै लयमा फर्किन थालेका छन् ।

यसका लागि नगपालिकाले सांस्कृतिक गुरुयोजना नै बनाएर कार्य गरिरहेको छ । देशमै नमुनाको रुपमा सुरु भएको जापनीज प्रबिधिको मध्यपुरको कम्पोष्ट मल प्रबिधिले मध्यपुरको पहिचान र शान बढाइरहेको छ ।

जनप्रतिनिधि आईसकेपछि नगरपालिकाले सम्पदा संरक्षण क्षेत्रमा गरेका कामको नगरप्रमुख मदनसुन्दर श्रेष्ठ,नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धब रिजाल, पत्रकार महासंघ भक्तपुका अध्यक्ष पुष्करराज बुढाथोकी , संस्कृतिकर्मी नबिन प्रकाश श्रेष्ठ सहित काठमाडौं र भक्तपुरमा कार्यरत बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारको टोलीले स्थलगत रुपमा पदयात्रा गरेको छ ।सो क्रममा नगभित्रका सांस्कृतिक,ऐतिहासिक र प्राचिन सम्पदाहको पुननिर्माण र संरक्षण भएको देखिएको छ ।

त्यस अवसमा पत्रकारले सम्पदाहको पुननिर्माण लगायत बिबिध पक्षबारे चासो राखेका थिए ।शंखधर चोकबाट सुरु भएको पदयात्रा निर्माणाििधन शंखधर पार्क ,बालकुमारी मन्दिर,बिष्णुकुण्ड,दुई पोखरी ,जीवित संग्राहलय निर्माण,कम्पोष्ट मल उत्पादन क्षेत्र,सिद्धीकाली मन्दिर बहाखा बजार,नगदेश,बोडेसम्मको मन्दिर, पाटी पौवा,पोखरी ,ईनार,दरबार ,पार्क,नेवारी संग्राहलय,दुई तले भ्mयाल लगायतका निर्माण कार्यको अवलोकन गरिएको छ ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व थालेपछि मध्यपुर थिमि नगरको ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाहरु मौलिकशैली मै ठडिन थालेको बताउनुभयो ।उहाँले नगरभित्रका मुर्त र अमुर्त सम्पदाको संरक्षणका लागि नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण गरि कार्यान्वयन गरिरहेको बताउनुभयो ।

महत्व र आवश्यकताको आधारमा सम्पदाको प्राथमिकीकरण गरी नगरपालिकाले पुननिर्माण र संरक्षणको योजना अघि बढाएको बताउनुभयो ।

नगर प्रमुख मदनसुन्दरले धेरै जसो सम्पदाहरुको पुननिर्माण एबं संरक्षण आफ्नो कार्यकालमा पुरा गर्ने र ठुला कामहरुको सुरुवात गर्ने,सकेसम्मको काम पुरा गर्ने बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धब रिजालले मध्यपुरलाई पर्यटकको आगमण बढाउन भईरहेका कामले टेवा पुर्याउने बताउनुभयो ।

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष बुढाथोकीले मध्यपुर थिमी नगरपालिकाले साँस्कृतिक पदयात्रा गराएर नगरपालिकाले निर्माण सम्पन्न भएका, निर्माणाधीन अवस्थामा रहेका , प्रारम्भिक तथा अन्तिम चरणमा रहेका र पुनर्निर्माण एवं जिर्णोद्धार गरिएका मूर्तसम्पदाहरु अवलोकन गराएको बताउँदै यसको अनुशरण अन्य नगरपालिकाले पनि गर्नु पर्ने बताउनुभयो ।

यसबाट सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा टुवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । अवलोकन पश्चात सञ्चार जगतले उठाएका बिषयहरुलाई समिक्षा गरेर सकारात्मक तवरले त्यसको समाधान खोज्न नगरपालिका तयार हुनुपर्ने अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

सम्पदाहरुलाई पर्यटकीय गन्तव्य स्थलका रुपमा तयार गर्ने योजना रहेको प्रमुख श्रेष्ठको भनाई छ ।उहाँले सञ्चार जगतले हरेक गतिबिधिलाई स्पष्ट पार्ने र गलत भएको ठाउँँमा सुधारको भूमिका निर्वाह गर्न सघाउने भएकाले सञ्चारकर्मीहरुलाई प्रत्यक्ष रुपमा स्थलगत अवलोकन गराईएको बताउनुभयो ।

झन्डै ३१ वटा सम्पदाहरूको बारेमा नगरप्रमुख मदन सुन्दर श्रेष्ठले पत्रकारहरूलाई विस्तृत जानकारी गराउनु भएको थियो । साथै निर्माणमा खटिएका उपभोक्ता समितिका अध्यक्षहबाट पनि योजना बारे जानकारी गराईएको थियो ।

कार्यक्रम मध्यपुरको शंखधरचोकबाट सुरु भएर बोडेमा रहेको कुमारी मन्दिरमा पुगेर समापन गरिएको थियो । मध्यपुर थिमि नगरपालिकाले सम्पदा क्षेत्रमा भए गरेका कार्यहरु तथा प्रगति विवरणको जानकारी दिन पत्रकारलाई स्थलगत अध्ययन अवलोकन गराएको प्रमुख प्रशासकीय अधिकृत उद्धब रिजालले बताउनुभयो ।

४घण्टा भन्दा बढी समयको पैदल अवलोकनमा करिब ४० जना पत्रकारले सहभागिता जनाएका थिए ।