सिदार्थ राजमार्गको ३ स्थानमा पहिरो, बुटवल, पाल्पा र पोखरा सडकखण्ड अवरुद्ध


यमलाल भुसाल, बुटवल ।

बुटवल पाल्पा सडकको तानसेन नगरपालिका वडा नं. ८ गौडेपुल नजिक डुम्रे र तिनाउ गा. पा. ३ माथिल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्ग बुटवल पाल्पा सडक खण्डमा माथिबाट पहिरो झरी सडक पूर्ण रुपमा अबरोध भएको छ ।

गौडेपुल नजिक डुम्रेमा मंगलवार विहान सवा ५ वजे र सिद्धबाबामा सवा ७ वजे माथिबाट पहिरो झरी सडक पूर्ण रुपमा अबरोध भएको ५ नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पहिरो नहटे सम्मको लागि सो सडकमा पैदल यात्रा तथा सवारी आवागमन नगर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै जिल्ला पाल्पा बग्नासकाली गा.पा. ४ सेरा स्थित सिद्धार्थ राजमार्ग पाल्पा पोखरा सडक खण्डमा माथिबाट पहिरो झरी सडक पूर्ण रुपमा अबरोध भएको छ । विहान पौने ८ वजेको समयमा पहिरो झरेको प्रहरीले बताएको छ ।

पहिरो नहटे सम्मको लागि सो सडकमा पनि पैदल यात्रा तथा सवारी आवागमनमा अवरोध भएको र पसिहरो हटाउने कार्य भएकको पनि प्रहरीले जनाएको छ ।