डाक्टर र नर्समा कोरोना, वार्ड सिल


विराटनगर, (नेस)

विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ सिल गरिएको छ ।

आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड सिल गरी संक्रमति नर्सको सम्र्पकमा रहेकाहरूको स्वाब संकलन सुरू गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दासले जानकारी दिनुभयो । संक्रमित नर्स विराट नर्सिङ होममा पनि आंशिकरूपमा कार्यरत थिइन् । नर्सिङ होमका सञ्चालकसमेत रहेका डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई कोरोना पुष्टि भएपछि गरिएको थप परीक्षणमा ती नर्ससहित चार जनामा कोरोना देखिएको छ ।

कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोशी र विराट दुवैतिर कार्यरत ती नर्समा कोरोना संक्रमण देखिएको अस्पतलाका मेसु दासले जानकारी दिनुभयो । संक्रमित नर्स कोशी अस्पतलको ‘पोस्टनेटल वार्ड’ मा कार्यरत थिइन् । डेलिभेरी भएपछि राखिने वार्डलाई पोस्मेटल वार्ड भन्ने गरिन्छ । पोस्टनेटल वार्ड सिल गरेपछि कन्ट्रयाक टे«सिङमार्फत उनको सम्र्पकमा रहेकाहरूको स्वाब संकलन गर्ने तयारी सुरू गरिएको दासले बताउनुभयो ।