साउन १५ गतेबाट पठनपाठन सुरु गर्ने निजी विद्यालयको घोषणा

0
Shares

न्युज अफ नेपाल, दमौली ।

स्थानीय स्तरमा कोरोना संक्रमण फैलिरहेको बेला तनहुँका निजी विद्यालय भने साउन १५ गते सञ्चालन हुने भएका छन् ।

सरकारले लकडाउन अन्त्यको घोेषण गर्दै भदौबाट विद्यार्थी भर्ना खोलेकोे छ । तर, तनहुँका निजी विद्यालये भने साउन १५ देखि नै पठनपापन सुरु गर्नै अडान लिएका छन् । यस निर्णयले प्रशासन र विद्यालय सञ्चालकबीच विवाद बढेको छ । शनिबार बसेको निजी विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सनको संयुक्त बैठकको साउन १५ गतेबाट विद्यालय चलाउने निर्णय गरेको थियो । तर प्रशासनले भने भदौ अगाडि कुनै पनि विद्याल सञ्चालन गर्न नपाउने जनाएको छ ।

बैठकमा हरेक विदालयमा सरसफाई, तापक्रम मापन र स्यानिटाइजरको व्यवस्था गर्ने निर्णय गरिएको छ । तर, विद्यालयका बस भने केही समय सञ्चालन नगर्नै बैठकले जनाएको छ ।