आज थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा सक्रमितको संख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

आज ६२६ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।हालसम्म कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु भइसकेको छ ।