६ जनामा कोरोना पुष्टि भएसँगै महाबौद्धका ६० पसल बन्द

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिका–२७ महाबौद्धका ६ जनामा कोरोना पुष्टि भएसँगै सो क्षेत्रका करीब ६० ओटा पसल बन्द गरिएका छन् ।

पीसीआर परीक्षणमा दुई वटा घरका ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । कोरोना पुष्टि भएका उनीहरु मध्ये छोरी १६ दिन अघि भारतबाट फर्किएकी थिइन् । भारतबाट फर्किएको हप्तादिन भित्रै उनलाई श्वासप्रश्वासमा समस्या र टाउको दुख्ने बिरामीले सतायो ।

लक्षण अनुसार कोरोना आशंका भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । हाल उक्त घरका पाँचै जना टेकु अस्पतालमा उपचाररत छन् । अर्का एकजना ४९ वर्षीय पुरुषलाई भने पाटन अस्पतालमा भर्ना गरिएको छ ।