बैतडीमा एक सुत्केरी महिलासहित ७ जनामा कोरोना पुष्टि

0
Shares

न्युज अफ नेपाल, बैतडी ।

बैतडीमा एक सुत्केरी महिलासहित ७ जनामा कोरोना पुष्टि भएको छ ।

पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै पाटन नगरपालिकाका ५ जना पुरुष र एक जना सुत्केरी महिलामा कोरोना पुष्टि भएको हो भने बलात्कार आरोपमा जेल सजाय भोगिरहेका पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था भने समान्य रहेको जनाइएको छ ।

यससँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय ७ पुगेको छ । संक्रमितमध्ये २९७ जना घर फर्किसकेका छन् भने १० जना क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका छन् ।